Comments Add Comment

विश्वकप क्रिकेट : वेस्ट इन्डिजसामु पाकिस्तान निरीह

वेस्ट इन्डिज ७ विकेटले विजयी

१७ जेठ, काठमाडौं । विश्वकप क्रिकेटको दोस्रो खेलमा वेस्ट इन्डिजले पाकिस्तानलाई ७ विकेटले हराएको छ । १०६ रनको लक्ष्य वेस्ट इन्डिजले १३ ओभर ४ बलमा ३ विकेट गुमाएर पूरा गरेको हो । जसमा क्रिस गेलले अर्धशतक बनाए ।

वेस्ट इन्डिजको जितमा गेलले ३४ बलमा ५० रन बनाएका हुन् । यस्तै निकोलस पुरनले १९ बलमा ३४ रन बनाए । शही होपले १७ बलमा ११ रन बनाए ।

टस हारेर पहिले ब्याटिङमा आएको पाकिस्तानले खराब ब्याटिङ गर्दै २१ ओभर ४ बलमा १०५ रन बनाउँदा सबै विकेट गुमाएको थियो । पाकिस्तानले तेस्रो ओभरमा नै पहिलो विकेट ओपनर इमाम उल हकलाई गुमाएको थियो । इमाम दुई रन बनाउँदा आउट भएदेखि नै पाकिस्तानी टिम सम्हालिन सकेन ।

फकर जमानले २२ रन, बाबर आजम २२, हरिस सोहिल ८, सर्फराज अहमद ८, मोहम्मद अफिज १६, इमाद वासिम १, हसन अलि १ रनमा आउट भए । नवौँ क्रममा ब्याटिङमा आएका वाहव रियाजले १८ रन बनाए ।

वेस्ट इन्डिजका ओशेन थोमसले ४, ज्यासन होल्डरले ३, एन्ड्रे रसेलले २ साथै सेल्डन कोटरेलले १ विकेट लिए । पाकिस्तानको बलिङमा मोहम्मद आमिरले ३ विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment