+

प्रधानमन्त्री कप : कर्णालीमाथि प्रदेश १ विजयी

२०७६ जेठ  १७ गते १६:२७ २०७६ जेठ १७ गते १६:२७
प्रधानमन्त्री कप : कर्णालीमाथि प्रदेश १ विजयी

१७ जेठ, काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा प्रदेश १ ले पहिलो जित दर्ता गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा प्रदेश एकले कर्णाली प्रदेशलाई १८१ रनले पराजित गरेको हो । २२९ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको कर्णालीले २०.१ ओभरमा सबै विकेट गुमाएर ४७ रन मात्रै बनाउन सक्यो । यो स्कोर प्रधानमन्त्री कपकै सबैभन्दा कम अंकको हो । ।

कर्णाली प्रदेशका निश्चल रावलले १७ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन छुन सकेनन् । कर्णाली प्रदेशलाई सस्तैमा समेट्ने क्रममा प्रदेश १ का तर्फबाट ६ विकेट लिने पुष्प थापा नायक बने । ९.१ ओभर बलिङ गर्दै एक ओभर मेडन राखेर उनले १९ रन खर्चिदै ६ विकेट लिन सफल भएका हुन् । त्यस्तै, मुकुन्द यादवले तीन विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित ५० ओभर ८ विकेटको क्षतिमा २२८ रन बनाएको थियो । प्रदेश एकका लागि सिद्धान्त लोहनीले ६३ रन बनाए । त्यस्तै, फिर्दोस अन्सारीले अविजित ४५ रन बनाउँदा सन्नी पुनले ३४ रन बनाए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय