Comments Add Comment

क्रान्तिकारी पत्रकार महासंघको अध्यक्षमा राउत

१९ जेठ, बुटवल । क्रान्तिकारी पत्रकार महासंघको अध्यक्ष पुनः इन्द्र राउत चयन भएका छन् । रुपन्देहीको बुटवलमा भएको दोस्रो सम्मेलनले राउतको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षमा टेकबहादुर मास्की राना, महासचिवमा रामकुमार श्रेष्ठ, सचिवमा रनसुर महतरा, समावेशी सचिवमा अनु निरौला र कोषाध्यक्षमा रवि पाण्डे चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा दामोदर खनाल, लोकराज जैसी, धनन्जय अवस्थी, मधुकर थापा, गोपाल जिसी, शिवशंकर पाण्डे, दिनेश श्रीवास्तव, विष्णु आले, सागर श्रेष्ठ, कुमार भट्टराई, शोभा जिसी, राजेन्द्र सुवेदी, केशव अधिकारी र प्रेम कंडेल छन् ।

मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट मानिने क्रान्तिकारी पत्रकार महासंघले कुमार शाहको नेतृत्वमा नारायण पंगेनी र सुशिला आचार्य रहेको अनुशासन कमिटी गठन गरेको छ । यसैगरी ईश्वरीप्रसाद गैरे, प्रदीप श्रेष्ठ र आयुस न्यौपाने रहेको ३ सदस्यीय लेखा समिति पनि गठन गरिएको छ ।

जलाइयो मिडिया काउन्सिल विधेयक

यसैबीच क्रान्तिकारी पत्रकार महासंघले रूपन्देहीको बुटवलस्थित मिडिया चोकमा मिडिया काउन्सिल विधेयक जलाएको छ ।

शनिबार क्रान्तिकारी महासंघका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी, प्रदेश ५ र रूपन्देहीका पत्रकारहरूले मिडिया काउन्सिल विधेयक जलाएका हुन् । उनीहरुले मिडिया काउन्सिल विधेयक खारेजीको माग गर्दै नाराबाजीसमेत गरेका थिए ।

क्रान्तिकारी पत्रकार महासंघले सातै प्रदेशमा मिडिया काउन्सिल विधयक जलाउने कार्यक्रम तय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment