+
+
Shares

सत्तारुढ सांसदले सभामुखलाई भने, ‘ज्यान जोगाइ पाऊँ’

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १९ गते ११:५४

१९ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद् खगराज अधिकारीले संसदमा आफू बस्ने कुर्सी भाँच्चिएको विषयमा सभामुखलाई जानकारी गराएका छन् । आइतबार बसेको प्रतिनिधसभामा बैठकमा बोल्दै अधिकारीले आफू भाँच्चिएको कुर्सीमा बस्दा चारपटक लडेको बताए ।

विशेष समय बोल्दै अधिकारीले भने, ‘सभामुखज्यू, अब त भन्नै पर्ने भयो- ज्यान जोगाइ पाउँ ।’

नेपाली कांग्रेसका सांसद् डा. मीनेन्द्र रिजालले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/०७७ को अनुमानित आयव्याय विवरणमा भएको त्रुटि औंल्याएर त्यसबारे अर्थ मन्त्रीको जवाफ मागेका थिए ।

राष्ट्रिय जनता पार्टी (राजपा) सांसद् लक्ष्मणलाल कर्णले गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे संसद् अवरुद्ध गर्ने चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?