Comments Add Comment

असार १४ गते काठमाडौंमा विदेशनीतिबारे राष्ट्रिय सम्मेलन

Photo Credit : फाइल तस्वीर

१९ जेठ, काठमाडौं । आगामी असार १४ गते काठमाडौंमा नेपालको विदेश नीतिबारे राष्ट्रिय सम्मेलन हुने भएको छ ।

परराष्ट मन्त्रालयको आयोजनामा हुने उक्त सम्मेलनमा संघीय संसदमा सांसदहरु, बिभिन्न क्षेत्रका विज्ञहरु, राजनीतिक दलका नेताहरु, पूर्वपरराष्ट्रमन्त्रीहरु, नीजि क्षेत्रको सहभागिता हुने परराष्टमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

उक्त सम्मेलनमा विगतमा नेपालको विदेश नीति कस्तो हुनुपर्छ भनेर भएका अध्ययनप्रतिवेदन लगायतका विषयमा पनि छलफल हुने जनाइएको छ । समग्रमा नेपालको आर्थिक विकासलाई कसरी अगाडि बढाउन सकिन्छ र त्यसका लागि कस्तो विदेश नीति अवलम्बन गर्ने भन्ने विषयमा धारणा बनाउन विदेशनीतिबारे राष्ट्रिय सम्मेलन गर्न लागिएको मन्त्री ज्ञवालीले बताए ।

समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यलाई राष्ट्रको मूल संकल्प बनाएर देश अगाडि बढेको छ । यो परिवर्तित सन्दर्भमा हाम्रो विदेशनीतिलाई अझ बढी प्रभावकारी बनाउन जरुरी छ । त्यसका निम्ति विभिन्न क्षेत्रको सुझाव लिनका लागि विदेशनीतिबारे राष्ट्रिय सम्मेलन गर्न लागएको छ ।’ मन्त्री ज्ञवालीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment