+
+
Shares

पूर्वी नेपालका दुग्ध किसानको बक्यौता तीन करोडमा झर्‍यो

कुनै समय करिब ३५ करोड रुपैयाँसम्म कृषकको दुधको बक्यौता रहेकामा दुध तथा दुधजन्य पदार्थको बिक्री बढ्दै गएपछि बक्यौता रकम घटेकोे विराटनगर दुग्ध वितरण आयोजनाले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १३ गते १४:३७

१३ कात्तिक, काठमाडौं । विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वी क्षेत्रका दुध कृषकहरूलाई तिर्नुपर्ने बक्यौता रकम घटेर करिब ३ करोड रुपैयाँ मात्र बाँकी रहेको जनाएको छ ।

कुनै समय करिब ३५ करोड रुपैयाँसम्म कृषकको दुधको बक्यौता रहेकामा दुध तथा दुधजन्य पदार्थको बिक्री बढ्दै गएपछि बक्यौता रकम घटेकोे विराटनगर दुग्ध वितरण आयोजनाले जनाएको छ ।

१५/१५ दिनमा दुध कृषकहरूलाई किस्ता रकम बुझाउँदै आएको विराटनगर दुग्ध वितरण आयोजनाले अहिले साउन र भाद्र महिनाको किस्ताको रकम तिर्नुपर्ने स्थिति रहेको र बाकी रनिङ बील मात्र बाँकी रहेको निमित्त आयोजना प्रमुख नविन किशोर शर्माले जानकारी दिए । उनले अहिले दुध तथा दुग्धजन्य पदार्थको विक्री ५० प्रतिशत सम्म बढेको र घिउको मौज्दात ५ मेट्रिक टन मात्र रहेको बताए ।

पूर्वका कृषकहरूबाट दैनिक करिब १० हजार ५ सय लिटर दुध संकलन गरिरहेको र करिब ५ हजार लिटर बराबरको दुध र दुग्धजन्य पदार्थ बिक्री गरिरहेको विराटनगर दुग्ध वितरण आयोजनाले जनाएको छ ।

कात्तिक महिनादेखि दुध संकलन बढेर दैनिक करिब १५ हजार लिटरसम्म पुग्ने र दैनिक खपत हुने दुध तथा दुधजन्य पदार्थ बाहेकको करिब १० हजार लिटर दुधको पाउडर दुध बनाउने तयारी रहेको विराटनगर दुग्ध वितरण आयोजनाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?