News Summary
Generated by OK AI. Editorially reviewed.- सोमपाल कामीले प्लेयर अफ द म्याचबापत प्राप्त शतप्रतिशत रकम सडकका जनावरको संरक्षण र सहयोगमा खर्च गर्ने घोषणा गरेका छन्।
- उनले बिहीबार विराटनगर किङ्ससँगको खेलमा गरेको प्रदर्शनलाई व्यक्तिगत उपलब्धिभन्दा टोलीको जितसँग जोड्दै कर्णाली याक्सका लागि योगदान दिन पाउनु विशेष रहेको बताएका छन्।
- सोमपालको शानदार प्रदर्शनमा कर्णाली याक्सले विराटनगर किङ्समाथि उत्कृष्ट पुनरागमन जित हासिल गरेको थियो।
१३ कात्तिक, काठमाडौं । कर्णाली याक्सका सोमपाल कामीले प्लेयर अफ द म्याचबापत प्राप्त पुरस्कार रकम सडकमा रहेका जनावरको संरक्षणमा खर्च गर्ने घोषणा गरेका छन्।
सोमपालले सामाजिक सञ्जालमार्फत पुरस्कारबापत प्राप्त शतप्रतिशत रकम सृजना ठकुरीलाई सहयोग गर्ने बताएका हुन्। उक्त रकम सडकमा रहेका जनावरको संरक्षण र सहयोगमा प्रयोग गरिने उनले उल्लेख गरेका छन्।
उनले बिहीबार भएको विराटनगर किङ्ससँगको खेलमा गरेको प्रदर्शनलाई व्यक्तिगत उपलब्धिभन्दा टोलीको जितसँग जोड्दै कर्णाली याक्सका लागि योगदान दिन पाउनु आफ्नो लागि विशेष रहेको बताएका छन्।
कठिन परिस्थितिमा पनि आफूलाई प्रमाणित गर्न पाएको उल्लेख गर्दै उनले आफूलाई विश्वास गर्ने टोली र समर्थकप्रति आभार व्यक्त गरेका छन्।
कर्णालीको जर्सी लगाएर टोलीका लागि खेल्न पाउनु सम्मानको विषय भएको बताउँदै सोमपालले आफ्नो सफलतालाई सामाजिक सेवासँग जोड्न पाउँदा खुसी लागेको बताएका छन्।
सोमपाल कामीको शानदार प्रदर्शनमा कर्णाली याक्सले विराटनगर किङ्समाथि उत्कृष्ट पुनरागमन जित हासिल गरेको थियो ।
प्रतिक्रिया 4