
१९ जेठ, काठमाडौं । ब्राजिलियन फुटबल स्टार नेयमारले यौन उत्पीडनको आरोप अस्वीकार गरेका छन् ।
पेरिसको एक होटलमा आफ्नो इच्छा विपरीत शारीरिक सम्बन्ध राखेको भन्दै नेयमारविरुद्ध एक महिलाले साओ पाओलो प्रहरीमा उजुरी दिएकी छन् ।
यो समाचार बाहिर आएपछि नेयमारको तर्फबाट उनका व्यवस्थापकले जारी गरेको वक्तव्यमा अन्यायपूर्ण आरोप भनिएको छ । यो नेयमारबाट रकम असुल्ने खेल भएको भन्दै यसको प्रमाण प्रहरीलाई बुझाउने उल्लेख गरिएको छ ।
नेयमारले यसबारे सात मिनेट लामो भिडियो समेत इस्टाग्राममा अपलोड गरेका छन्, जहाँ एक केटा र केटीबीच हुने सम्वन्ध रहेको बताएका छन् । उनले भिडियोमा ह्वाट्स एप म्यासेज पनि देखाएका छन् । यो व्यक्तिगत विषय भएपछि आरोप लगाए जस्तो केही नभएको प्रमाणित गर्न सार्वजनिक गर्नु परेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4