Comments Add Comment

अपरिचितलाई फोन गरेको भन्दै श्रीमतीको हत्या

१९ जेठ, जनकपुरधाम । अपरिचित नम्बरमा फोन गरेको भन्दै धनुषाका एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।

सबैला नगरपालिका ४ का २२ बर्षीय रहमत राईनले श्रीमती नुर जहाँ खातुनको हत्या गरेका हुन् ।

घटना जेठ १७ गतेको हो । घटनापछि फरार भएका राइनलाई आइतबार पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ । पक्राउ परेका उनले अपरिचित नम्बरमा फोनमा कुरा गरेकै कारण हत्या गरेको बयान दिएका छन् ।

राइनले यो बिषयमा धेरै पटक झगडा हुँदा समेत कुरा गर्न नछाडेकाले हत्या गरेको बयान दिएको धनुषाका डीएसपी रामेश्वर कार्कीले जानकारी दिए । पक्राउ परेका राइनलाई धनुषा जिल्ला अदालत जनकपुरधामबाट म्याद थप गराई ज्यान सम्बन्धी कसुरमा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

श्रीमतीलाई कोदालो हान्ने पक्राउ

यस्तै धनुषा प्रहरीले आफ्नै श्रीमतीलाई कोदालोले हिर्काएर घाइते बनाउने एक व्यक्तिलाई पक्राउ गरेको छ ।

क्षिरेश्वरनाथ नगरपालिका ६ मुसहरीटोलका देवु सदालाई पक्राउ गरिएको प्रदेश २ प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । सदाले ३५ बर्षीया श्रीमती शिवशक्ति देवीलाई कोदालोले टाउकोमा हिर्काएर घाइते बनाएको प्रहरीले जनाएको छ ।

कोदालो प्रहारबाट गम्भिर घाइते भएकी शिवशक्तिको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment