Comments Add Comment

नेपाल मलेसियासँग पराजित

१९ जेठ, काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा मलेसियासँग पराजित भएको छ ।

मलेसियासँग उसैको भूमिमा भएको खेलमा नेपाल २-० गोलअन्तरले पराजित भएको हो । नेपाल मलेसियासँग सुरुवाती समयदेखि नै दबाबमा आएको थियो । मलेसयाले पटक-पटक प्रहार गरेको बल गोलकिपर किरण चेम्जोङले बचाएका थिए ।

खेलको पहिलो हाफमा नेपालले अग्रता बनाउनबाट चुक्यो । विक्रम लामाले प्रहार गरेको बल मलेसियाको गोलपोष्टको पोलमा लागेर फर्कियो ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा गोल खान पुग्यो । खेलको ५०औं मिनेटमा मलेसियाले पेनाल्टीबाट अग्रता बनाएको थियो । अनन्त तामाङले मलेसियाका खेलाडीलाई डिबक्सभित्र फल गरेपछि पेनाल्टी पाएको थियो ।

मलेसियाका मोहम्मद सफावी रशिदले गोल गर्दै मलेसियालाई अग्रता दिलाएका थिए । एक गोलले पछि परेको नेपालले ८१औं मिनेटमा अर्को गोल खायो ।

मलेसियाका शाहरुल मोहम्मद सदले गोल गर्दै मलेसियालाई २-० गोलको अग्रता दिलाए । बाँकी समयमा नेपालले गोल गर्न नसकेपछि मलेसियाले २-० गोलले जितेको हो ।

अब नेपालले जुन ६ तारिखमा चाइनिज ताइपेसँग उसैको भूमिमा प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment