
२० जेठ, काठमाडौं । टर्की समर्थित विद्रोहीले कब्जा गरेको उत्तरी सिरियाको एक शहरमा कार बम विष्फोट हुँदा १० जनाको मृत्यु भएको छ । टर्कीसँग सीमा जोडिएको अजाज शहरमा आइतबार राति कार बम विष्फोट भएको हो ।
अजाज शहर सधैं रमजानको उपवासपछि राति अबेरसम्म व्यस्त हुने गर्दछ । आक्रमणकारीले यसैलाई निशाना बनाएका छन् । यो विष्फोट एक महिनायताकै ठूलो भएको अधिकारीहरुले जनाएका छन् ।
टर्की समर्थित सिरियाली विद्रोहीहरुले अरु देशसँग सिमाना जोडिएको क्षेत्रलाई नियन्त्रणमा लिने गरेका छन् ।
सिरियाली राष्ट्रपति बसर अल असदविरुद्ध लड्दै आएका विद्रोही समूहहरुले कब्जा गरेको यो यो उत्तरपश्चिमी सिरियाको एकमात्र प्रमुख क्षेत्र हो । यहाँ अपि्रल महिनाको अन्तदेखि विद्रोहीहरु सरकारविरुद्ध आक्रामक हुँदै गएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4