Comments Add Comment

भदौ २० मा नीताको ‘सोच’

एक्सन तथा लभ स्टोरी कथामा तयार भएको चलचित्र ‘सोच’को फस्टलुक र रिलिज मिति तय गरिएको छ । पुजन सिंहको कथा र निर्देशनमा बनेको यो चलचित्र भदौ २० गतेबाट रिलिज हुने जानकारी निर्माणपक्षले दिएको छ ।

सोच फिल्मस् प्रोडक्शन एण्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्माण भएको चलचित्रको पोष्टरमा कलाकारद्धय प्रज्ज्वल गिरी, पुजन सिंह र नायिका नीता ढुंगानालाई प्रस्तुत गरिएको छ । गंगा रजक प्रकाश र एस.डीको लगानी रहेको चलचित्रमा बिशाल पहाडी, सोनीका, किरण थापा, रितेश श्रेष्ठ, उत्तम केसीलगायतका कलाकारको मुख्य भूमिका छ ।

कृष्ण आचार्यको पटकथा, सम्वाद रहेको यो चलचित्रमा एनबी महर्जनको एक्सन, रामजी लामिछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी र प्रितम पाण्डेको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment