Comments Add Comment

ट्रोलसँग जुध्ने सलमानको यस्तो स्टाइल

नायक सलमान खान अहिले चलचित्र ‘भारत’को प्रमोशनमा व्यस्त छन् । बलिउडमा सर्वाधिक धेरै चर्चामा रहने यी नायकको ट्रोल पनि खुबै बनिरहेको हुन्छ । तर, सलमान यस्ता खालका ट्रोलले आफूलाई कुनै पनि फरक नपार्ने बताउँछन् ।
हालै मात्र मिडिया कुराकानीमा सलमानले भनेका छन्–‘हामीले यस्ता खालका व्यक्तिलाई खासै महत्व नै दिनुहुन्न ।’

सलमानले अगाडि भने–‘धेरै जसो ट्रोलरको एकाउन्ट फेक हुन्छ । उनीहरु आफ्नो वास्तविक एकाउन्ट नै प्रयोग गर्दैनन् । मानिसले आफ्नो वास्तविक एकाउन्ट प्रयोग गर्ने हो भने उ अनुशानमा बस्छ ।’

सलमानले कुनै व्यक्ति केन्द्रित ट्रोल कसैबाट संचालित हुने पनि बताए । उनले भने–‘केही ट्रोलहरु कोहीमाथि केन्द्रित हुन्छन् । उनीहरुलाई कसैले पैसा दिएर प्रयोग गरेको पाइन्छ । यस्ता एकाउन्टमा ५ देखि ७ जना पनि फलोअर्स हुँदैनन् । यसैले यस्ता एकाउन्ट र ट्रोलरको विश्वसनियता छैन ।’

जुन ५ मा रिलिज हुन लागेको ‘भारत’ले राम्रो व्यापार गर्ने अपेक्षा सलमानको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment