Comments Add Comment

बिहे गर्न दबाव दिएपछि प्रेमिकाको हत्या ! २ जना पक्राउ

२० जेठ, बुटवल । रुपन्देहीको गैडहवा गाउँपालिका वडा न.१ भुझौलीकी १८ वर्षकी सवनम निशाको हत्यामा उनकै प्रेमीको संलग्नता रहेको खुलेको छ । सवनमका प्रेमी एवं छिमेकी असरुद्धिन मुसलमानले उनको हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

गत वैशाख ३० गते मृत अवस्थामा भेटिएकी निशालाई असरुद्धिनले अन्य दुई जनाको सहयोगमा हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हृृदय थापाले जानकारी दिए ।

असरुद्धिनसंग प्रेम सम्बन्धमा रहेकी निशाले विवाह गर्न दबाव दिएकी तर असरुद्धिन विवाह गर्न अनिच्छुक भएपछि हत्या भएको अनुसन्धनबाट खुलेको हो ।

निशाको हत्यामा संलग्नको आरोपमा पक्राउ परेका असरुद्धिन र सहयोगी अस्लाम मुसलमानलाई प्रहरीले सोमबार भैरहवामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । हत्यामा संलग्न अर्का एक व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ ।

हत्याका मुख्य अभियुक्त अस्लामलाई नेपाल भारतको सीमावर्ती क्षेत्रमा लुकी बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले बताएको छ । पक्राउपछि अभियुक्त दुबै जनाले हत्या गरेको स्वीकार गरेका प्रहरी प्रमुख थापाले पत्रकारलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment