Comments Add Comment

सलमानका कारण प्रियंकाले गुमाइन् भन्सालीको फिल्म

बलिउडमा नायिका प्रियंका चोपडा निर्देशक संजयलिला भन्साली निकट मानिन्छिन् । संजयले निर्देशन गर्ने चलचित्रमा प्रियंका पहिलो रोजाइमा पर्छिन् । उनी, संजयको नयाँ चलचित्रमा काम गर्ने तयारीमा समेत थिइन् ।

तर, संजयले बनाउन लागेको नयाँ चलचित्र ‘इन्साअल्ला’मा उनका लागि स्थान मिलेन । यसको पछाडि, नायक सलमान खानको हात रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । चलचित्र ‘मुझसे साधी करोगी’मा काम गरेपछि सलमानले प्रियंकासँग काम नगर्ने अडान लिएका थिए । तर, उनीहरुको सम्बन्ध लामो समयपछि ‘भारत’मा आएर सुध्रिएको थियो ।

तर, चलचित्र ‘भारत’ पनि नायिका चोपडाले अन्तिम समयमा आएर छाडेपछि उनीसँग सलमान रुष्ट छन् । संजयलिला भन्साली आफ्नो चलचित्रका लागि नायिका प्रियंका चोपडा वा नायक सलमान खानमध्ये एक रोज्नुपर्ने अवस्थामा पुगेका थिए । सो समयमा उनले सलमान नै रोजेका छन् ।

सायद, नायक सलमान खानले नायिका प्रियंका चोपडासँग अब काम गर्ने संभावना सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment