Comments Add Comment

कम समयमा सगरमाथा चढेर मिङ्माले राखे नयाँ कीर्तिमान

२१ जेठ, काठमाडौं । ३२ वर्षीय मिङ्मा दोर्ची शेर्पाले सहयोगीविना सबैभन्दा कम समयमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान राखेका छन् । संखुवासभाको मकालु गाउँपालिका वडा नम्बर २ घर भएका शेर्पाले यही जेठ १३ गते ६ घण्टा १ मिनेटमा सगरमाथाको सफल आरोहण गरेका हुन् ।

यसअघि निर्मल पूर्जाले १० घण्टा १५ मिनेटमा सगरमाथाको सफल आरोहण गरेका थिए । शेर्पाले गत जेठ १३ गते बिहान ६ बजेर ४५ मिनेटमा सगरमाथाको सफल आरोहण गरी नयाँ कीर्तिमान कायम गरेको जिपीएस ट्रेकिङले पनि पुष्टि गरेको छ । यद्यपि उनले गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाणपत्र पाउन भने बाँकी छ ।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नयाँ कीर्तिमानधारी शेर्पाले नेपालीहरुको सहयोगमा विदेशीहरुले हिमाल आरोहणको क्षेत्रमा नयाँ-नयाँ कीर्तिमान राखेपछि आफूलाई पनि कीर्तिमान कायम गर्ने इच्छा जागेको बताए । उनले नेपालको विकासका लागि पर्यटन व्यवसायीहरुसँग सहकार्य गरेर अघि बढ्न सरकारलाई सुझावसमेत दिए ।

३२ वर्षीय शेर्पाले सगरमाथाको ५ पटकसम्म सफल आरोहण गरिसकेका छन् । ल्होत्से, मकालु, मनास्लु हिमाल ३-३ पटक चढिसकेका शेर्पाले केटु, धवलागिरी र आमादब्लाम हिमाल २-२ पटक सफल आरोहण गरिसकेका छन् ।

६ वर्षको उमेरमा आमा र १४ वर्षको उमेरमा बुवालाई गुमाएपछि पढाइलाई बीचैमा छोडेर जीवन निर्वाहका लागि हिमाल आरोहणको क्षेत्रमा प्रवेश गरेको उनले बताए ।

यो पनि पढ्नुहोस एक हप्ताभित्र दोस्रोपटक कामिरिता सगरमाथा शिखरमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment