Comments Add Comment

लालबाबु पण्डित र लोकसेवाका अध्यक्षको पुत्ला दहन

२१ जेठ, जनकपुरधाम । जनकपुरधाममा विद्यार्थी र प्रहरीबीच मंगलबार झडप भएको छ । विद्यार्थीहरुले सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको पुत्ला जलाउन लाग्दा दुबै पक्षबीच केहीबेर झडप भएको हो ।

लोक सेवा आयोगले हालै मधेसी आरक्षणको कोटा हटाएर विज्ञापन आह्वान गरेको बिरोधमा विद्यार्थीहरुले मन्त्री पण्डित र अध्यक्ष मैनालीको पुत्ला जलाउन लाग्दा प्रहरीले निभाउन लाग्दा दुबै पक्षबीच झडप भएको हो । झडपमा कोही पनि हाताहाती भएको छैन ।
प्रहरीले पुत्लामा लागेको आगो खोसेर पानी हाली निभाएपछि विद्यार्थीहरु आक्रोशित बनेका थिए । विद्यार्थीहरुले केहीबेर भानु चोकमा सडक समेत अवरुद्ध पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment