Comments Add Comment

काठमाडौंमा इदुल्ल फित्रको रौनक, हेर्नुहोस् १२ तस्वीर

२२ जेठ, काठमाडौं । विश्वभरका मुस्लिम धर्मालम्बीहरुले आज आफ्नो महान चाड ‘इदुल्ल फित्र’ मनाइरहेका छन् । नेपालमा पनि मुस्लिम धर्मालम्बीहरुले हर्षोल्लासपूर्वक याे पर्व मनाइरहेका छन् ।

काठमाडौंसहित देशका विभिन्न स्थानका मस्जिदमा बिहानैदेखि मुस्लिम धर्मालम्बीहरुको भीड लागेको छ ।

बिहान स्नान गरेर मस्जिदमा नमाज पढ्न उपस्थित भएका मुस्लिम धर्मालम्बीहरुले अहिले खुसी साटासाट गरिरहेका छन् ।

काठमाडौंको जमलमा रहेको जामे मस्जितलगायतमा पनि बाक्लो उपस्थित छ ।  देशका विभिन्न स्थानबाट काठमाडौंमा आइपुगेका मुस्लिम धर्मालम्बीहरुले नमाज पढेर तथा शुभकामना आदानप्रदान गरेर अहिले आफ्नो महान चाडमा उत्सव मनाइरहेका छन् ।

घण्टाघर वरपर मुस्लिम धर्मालम्बीहरु भेला भएकाले भीडभाड बढेको छ ।

इदुल्ल फित्र मुस्लिम धर्मालम्बीको ठूलो चाड हो । सरकारले यो पर्व मनाउन आज सार्वजनिक बिदासमेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment