Comments Add Comment

‘रातो टिका निधारमा’मा साम्राज्ञी ‘एकल महिला’को भूमिकामा ?

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र ‘जय भोले’मा गाउँले भूमिका भएकै कारण काम गर्न नमानेको भन्ने खबर सार्वजनिक भएसँगै उनको आलोचना भयो । तर, यसपटक चलचित्र ‘रातो टिका निधारमा’मा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पहिलो पटक शहरबाट गाउँको परिवेशमा पुगेकी छिन् ।

साम्राज्ञी राज्यलक्ष्मी शाहले छायांनका क्रममा प्रत्येक दिनको अपडेट आफ्नो इन्स्टाग्रामबाट गराइरहेकी छिन् । साम्राज्ञीको यो बानी पहिलेका चलचित्रमा पनि देखिएको थियो । नायिका शाहको गेटअप हेर्दा उनको भूमिका विशेष रहेको वुझ्न सकिन्छ । उनले, यो भूमिकामा काम गर्न पाउँदा आफू उत्साहित भएको पनि बताएकी थिइन् ।

साम्राज्ञीको भूमिकाको बारेमा यसको निर्माणपक्षले केही पनि खुलाएको छैन । तर, साम्राज्ञीका केही तस्वीर हेर्दा उनी यो चलचित्रमा ‘एकल महिला’को भूमिकामा रहेको अड्कल लगाउन सकिन्छ । साम्राज्ञीले शेयर गरेका केही तस्वीरमा उनको झलक त्यस्तै देखिएको छ । चलचित्रको प्रचार सामाग्री सार्वजनिक भएपछि यसको बारेमा अझै थाहा हुनेछ ।

अशोक शर्माले निर्देशन गरिरहेको यो चलचित्रमा अंकित शर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, नीता ढुंगाना, खुशवु खड्का, बसुन्धरा भुषाल, लक्ष्मी गिरी, राजाराम पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment