Comments Add Comment

श्रीलंकासँग हारेपछि अफगानिस्तानका कप्तानले भने : सुरुवातमा नै हामी चुक्यौं

२२ जेठ, काठमाडौं । विश्वकप क्रिकेटको दोस्रो खेलमा श्रीलंका माथि अफगानिस्तान जित नजिक थियो । तर खेल गुमाउन पुग्यो ।

पहिले ब्याटिङ गरेको श्रीलंकाले २ सय २ रनको लक्ष्य दिएको थियो । खेल चलिरहेकै अवस्थामा वर्षा भएपछि ४१ ओभरमा छोट्याइएको खेलमा अफगानिस्तानले श्रीलंकाविरुद्ध १८७ रनको सामान्य लक्ष्य पाएको थियो । तर ३४ रनले हार्न पुग्यो ।

श्रीलंकालाई २०१ रनमै अलआउट गर्न अफगानिस्तानका बलरले महत्वपूर्ण भूमिका निभाए । सुरुवातमा भने बलरले लय समाप्त सकेनन् । ९२ रन जोड्दासम्म श्रीलंकाले विकेट गुमाएको थिएन ।

१३ ओभरको समाप्तिसम्मा अफगानिस्तानले विकेट लिन सकेन । सुरुवाती समयमा बलरले जिम्मेवारी पूरा गर्न नसकेको कप्तान गुल्बादिन नाइब बताउँछन् । ‘विकेट स्वीमर्सका लागि राम्रो थियो । तर हामीले सही समयमा विकेट लिन सकेनौं । विशेषगरी सुरुवाती समयमा’ उनले भने, ‘मलाई लाग्छ सुरुवाती समयमा बलरले जिम्मेवारी राम्रोसँग निभाउन सकेनन् । जसले गर्दा हामी चुक्यौं ।’

तर श्रीलंकालाई सस्तैमा समेट्न मोहम्मद नावी र हामिद हसनले उत्कृष्ट बलिङ गरेको पनि कप्तान नाइबले तारिफ गरे ।
श्रीलंकाविरुद्धको खेलमा अफगानिस्तानको ब्याटिङ पनि कमजोर देखियो । ३२.४ ओभरमा अलआउट हुँदा उसले १५२ रन मात्रै जोड्न सक्यो । नजिबउल्लाह जाड्रानले ४३ र हज्रत उल्लाह शाहिदीले ३० रन बनाउनबाहेक अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् ।

अफगानिस्तानका कुनै पनि ब्याट्सम्यानले आत्मविश्वासका साथ ब्याटिङ गर्न सकेनन् । ३४ जोड्दा पहिलो विकेट गुमाएको अफगानिस्तानले ५७ रन हुदा पाँच विकेट गुमाएको थियो ।

श्रीलंकाका प्रशिक्षक चन्डिका हथुरुसिंघाले भने बलरले उत्कृष्ट प्रदर्शन गरेको कारण जित सम्भव भएको बताएका छन् । उनले भने, ‘जितको सबै श्रेय चार जना बलरलाई जान्छ, जसले साँच्चिकै उत्कृष्ट बलिङ गरेका छन् । मालिंगाले विश्वस्तरीय बलिङ गरेका छन् । ब्याटिङमा कुशल परेराले पनि राम्रा गरे ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment