
२२ जेठ, काठमाडौं । विश्वकप क्रिकेट प्रतियोगितामा दक्षिण अफ्रिकाले भारतलाई २२८ रनको लक्ष्य दिएको छ ।
इंग्ल्यान्डको साउथह्याम्पटनमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २२७ रन बनाएको हो ।
दक्षिण अफ्रिकाका लागि क्रिस मोरिसले ४२ रन बनाए । कप्तान फाफ् डु प्लेसिसले ३८, एन्डिल फेहलुकवाओले ३४ र डेभिड मिलरले ३१ रन बनाए । त्यस्तै कागिसो रबडाले अविजित ३१ र रसिइ भान डेर डुसेनले २२ रन बनाए ।
क्रिस मोरिस र कागिसो रबडाले ६६ रनको साझेदारी गर्दै इनिङ उकासेपछि दक्षिण अफ्रिकाले मध्यम स्कोर बनाउन सकेको हो ।
बलिङतर्फ भारतका युजवेन्द्र चाहालले चार विकेट लिए । उनले १० ओभर बलिङ गर्दै ५१ रन खर्चिएर चार विकेट लिएका थिए । त्यस्तै, जसप्रित बुम्राह र भुवनेश्वर कुमारले समान २–२ विकेट लिए ।
दक्षिण अफ्रिकालाई आजको खेल जित्नैपर्ने दबाब छ । यसअघि दक्षिण अफ्रिका पहिलो खेलमा इंग्ल्यान्डसँग १०४ र दोस्रो खेलमा बंगलादेशसँग २१ रनले पराजित भएको थियो । भारतको भने जारी विश्वकपमा यो पहिलो खेल हो ।
प्रतिक्रिया 4