Comments Add Comment

रमितका लागि खै नायिका ?

नायक रमित ढुंगानाले नयाँ चलचित्र ‘राजा साहेब’मा काम गर्दैछन् । केही वर्षको विश्रामपछि उनी चलचित्रको पर्दामा फर्किन लागेका हुन् । विचल राइको निर्देशनमा बन्न लागेको यो चलचित्रमा रमितले ‘साइको’ व्यक्तीको भूमिका निर्वाह गर्दैछन् ।

‘राजा साहेब’को छायांकन यसै साताबाट सुरु हुने बताइएको थियो । तर, अहिलेसम्म चलचित्रको मुख्य नायिका निर्माणपक्षले फाइनल गर्न सकेको छैन । नायिका नभेटिदिा रमित ढुंगानाको मुख्य भूमिका रहने चलचित्र छायांकनमा जान ढिलाई भएको छ । चलचित्रका लागि ‘रणवीर’ डेब्यू नायिका सुपुष्पा भट्टलाई अफर गरिएको थियो । तर, सुपुष्पाले उक्त चलचित्रमा काम गर्ने मन देखाइनन् । आफ्नो समय नमिलेको भन्दै उनी चलचित्रबाट पछि हटेकी थिइन् ।

सुपुष्पाले अफर नकारेपछि निर्माण युनिट नयाँ नायिकाको खोजीमा लागेको थियो । तर, निर्माण युनिटले अहिलेसम्म पनि रमितको जोडी भेट्याउन सकेको छैन । केही नयाँ अनुहारसँग कुराकानी भैरहेको र चाडै नै नायिका फाइनल हुने निर्माणपक्षको भनाई छ । तर, कुनै समयका चल्तीका नायक ढुंगानाको खस्कदो क्रेज देखेर पनि होला, नायिकाहरुले उनीसँग काम गर्न मन बनाएका छैनन् । जसले चलचित्रको छायांकनमा नै समस्या भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment