२३ जेठ, काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा चाइनिज ताइपेसँग १-१ गोलको बराबरी खेलेको छ ।
नेपालले चाइनिज ताइपेसँग १-१ गोलको बराबरी खेलको हो । नेपालका लागि अभिषेक रिजालले गोल गरे । खेलको पहिलो हाफमा नेपालले निकै दबाबमा खेलेको थियो । पहिलो हाफमा चाइनिज ताइपेले गोल गर्दै १-० गोलको अग्रता बनाएको थियो । गोलकिपर किरण चेम्जोङको गल्तिको कारण नेपालले गोल खान पुगेको थियो ।
तर दोस्रो हाफमा नेपालले सुधारिएको प्रदर्शन गर्यो । एकपछि अर्को गोल गर्ने सिर्जना गरेको नेपालले खेलको ६९औं मिनेटमा गोल हान्यो । सन्तोष तामाङले प्रहार गरेको पि्रकिकमा अभिषेकले हेडर गोल गर्दै नेपाललाई १-१ गोलको बराबरी दिलाएका थिए ।
युवा खेलाडी अभिषेक आजको खेलमा पहिलो रोजाइमा परेका थिए । मलेसियाविरुद्ध डेब्यु गरेका अभिषेक राष्ट्रिय टिममा परेको दोस्रो खेलमा नै गोल गर्न सफल भएका हुन् ।
यसअघि नेपालले मलेसियासँग उसैको भूमिमा खेलेको मैत्रीपूर्ण खेलमा २-० गोलअन्तरले पराजित भएको थियो ।
प्रतिक्रिया 4