Comments Add Comment

साढे १० अर्ब लगानीमा ऋद्धिसिद्धि सिमेन्टले उत्पादन थाल्यो

२४ जेठ, काठमाडौं । हेटौंडामा ऋद्धिसिद्धि सिमेन्ट उद्योगले उत्पादन शुरु गरेको छ ।  १० अर्ब ५० लाखको लागतमा स्थापना भएको उद्योगले पहिलो चरणमा दैनिक २० हजार बोरा सिमेन्ट उत्पादन गर्दैछ ।

उद्योग हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेमा स्वदेशी निजी क्षेत्रका लगानीकर्ताबाट उद्योग स्थापना भएको हो ।

उद्योगले आगामी केही महीनाभित्रै कूल क्षमताअनुसार दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने जनाएको छ । उद्योगलाई दैनिक आवश्यक पर्ने १० हजार मेटि्रक टन कच्चापदार्थ (चुनढुंगा) मकवानपुरको कैलाश गाउँपालिकाको राक्सिराङ, भीमफेदी गाउँपालिकाको निबुवाटार, चितवनको शक्तिखोर र उदयपुरको चुनढुंगा खानीबाट ल्याएर भण्डारण गरिएको सो उद्योगले जनाएको छ ।

ऋद्धिसिद्धि ब्राण्डको सो सिमेन्ट अहिले काठमाडौं, विराटनगर, झापा, जनकपुर, पोखरा र हेटौँडामा सुपथ मूल्यमा वितरण भइरहेको उद्योगका क्षेत्रीय बिक्री प्रबन्धक विक्रम खतिवडाले राससलाई जानकारी दिए ।

उनका अनुसार सिमेन्ट उद्योग व्यवस्थापनले युरोपेली प्रविधि र रोबोटको माध्यमबाट गुणस्तरीय सिमेण्ट उत्पादन गरिरहेको छ । हाल सो उद्योगको प्रशासन, प्रयोगशाला, भण्डारण, प्रविधि र श्रम क्षेत्रमा करीब ३०० ले काम गरिरहेका छन् । हेटौंडामा यसअघि हेटौंडा सिमेण्ट र शिवम् उद्योगका सिमेण्ट उत्पादन हुँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment