Comments Add Comment

अष्ट्रेलियन स्टार्कको विश्व रेकर्ड

२४ जेठ, काठमाडौं । अष्ट्रेलियाका तीव्र्र गतिका बलर मिचेल स्टार्कले नयाँ विश्व रेकर्ड राखेका छन् ।

विश्वकप क्रिकेटमा वेष्ट इन्डिजविरुद्ध अष्ट्रेलियाले १५ रनले पराजित गर्दा बलिङतर्फ मिचेल स्टार्कले उत्कृष्ट बलिङ गरेका थिए । उनले वेष्ट इन्डिजका पाँच विकेट लिएका थिए । यो विकेटसँगै मिचेल स्टार्क एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा सबैभन्दा छिटो १५० विकेट लिने खेलाडी बनेका हुन् ।

वेष्ट इन्डिजविरुद्ध मिचेल स्टार्कले १० ओभरमा १ ओभ मेडन राखेर ४६ रन खर्चिदै पाँच विकेट लिएका थिए । उनकै मद्दतमा अष्ट्रेलियाले वेष्ट इन्डिजलाई २७३ रनमा रोक्न सफल भएको थियो ।

स्टार्कले ७७ खेलमा १५० विकेट पूरा गरेका हुन् । उनले पाकिस्तानका सक्लइन मुश्ताकलाईको रेकर्ड तोडेका हुन् । यसअघि सर्वाधिक छिटो १५० विकेट लिने खेलाडीको शीर्ष स्थानमा मुश्ताक थिए । उनले ७८ खेलमा १५० विकेट पूरा गरेका थिए ।

त्यस्तै, न्युजिल्यान्डका ट्रेन्ट बोल्टले भने ८१, अष्ट्रेलियाकै ब्रेट लीले ८२ र श्रीलंकाका एजन्था मेन्डिसले ८४ खेलमा १५० विकेट पूरा गरेका थिए ।

स्टार्कले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ७७ खेलबाट १५१ विकेट लिएका छन् । त्यस्तै, टेष्ट क्रिकेटमा भने उनले ५१ खेलबाट २११ विकेट लिएका छन् । टी-ट्वान्टी क्रिकेटमा भने २३ खेलबाट ३१ विकेट लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment