Comments Add Comment

यी हुन् आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको सबैभन्दा धेरै पेटेन्ट लिने कम्पनीहरु

काठमाडौं । कृत्रिम विवेक अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको बौद्धिक सम्पत्ति अधिकार सुरक्षित गर्ने मामिलामा दक्षिण कोरियाली कम्पनी सामसुंग तेश्रो स्थानमा देखिएको छ ।

दुई अमेरिकी दिग्गज कम्पनी आर्टिफिसियल इन्टेलिजेन्सको पेटेन्ट दर्तामा शिर्ष दुई स्थानमा रहेका छन् ।

१८ हजार ३६३ वटा आर्टिफिसियल इन्टेलिजेन्स -एआई)सँग सम्बन्धित पेटेन्ट सहित माइक्रोसफ्ट कम्पनी पहिलो स्थानमा रहेको छ ।

त्यस्तै अर्को अमेरिकी कम्पनी आइबिएम दोश्रो स्थानमा छ । आइबिएम सँग एआईसँग सम्बन्धित १५ हजार ४६ वटा पेटेन्ट सुरक्षित रहेका छन् । तेश्रो स्थानमा रहेको सामसुंगले चाहीँ अहिलेसम्म ११ हजार २४३ वटा आर्टिफिसियल इन्टेलिजेन्स सँग सम्बन्धित पेटेन्ट आफ्नो नाउँमा सुरक्षित गरिसकेको छ ।

जर्मनीमा रहेको अनुसन्धान कम्पनी आइ प्लेटिक्सको रिपोर्ट अनुसार सबैभन्दा धेरै पेटेन्ट हात पारेका शीर्ष १० कम्पनी मध्ये ५ वटा अमेरिकी कम्पनी रहेका छन् ।

त्यस्तै जापानका दुईवटा तथा दक्षिण कोरिया, नेदरल्याण्ड र जर्मनीको एक एक वटा कम्पनी शीर्ष १० मा रहेका छन् ।

सन् २०१८ को अन्त्यसम्ममा आर्टिफिसियल इन्टेलिजेन्स सँग सम्बन्धित पेटेन्ट दर्ताको संख्या बढेर ७८ हजार ०८५ पुगेको रिपोर्टमा उल्लेख छ ।

-एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment