
काठमाडौं । सरकारले ल्याएको गुठी विधेयक तत्काल खारेज गर्न माग गर्दै माइतीघर मण्डलमा भेला भएका प्रर्दशनकारीमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।
गुठी विधेयकप्रति आपत्ति जनाउँदै नेवाः राजनीतिक अभियानको ब्यानरमा माइतीघर मण्डलामा प्रर्दशनमा भएको थियो । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्ने क्रममा पानीको फोहरा हान्नुका साथै धरपक्कड गरेको छ । प्रहरीको लाठीबाट एक दर्जन बढी घाइते भएका छन् ।
प्रर्दशनकारीहरुले भने विधेयक तत्काल फिर्ता नलिए जस्तो सुकै आन्दोलन गर्न तयार रहेको चेतावनी दिएका छन् । नेवा देय दबुका अध्यक्ष नरेश ताम्राकार, नेपाल भाषा मंका खलका सचिव नरेशवीर शाक्यले मुलुकको धर्म, संस्कृति र सभ्यता समाप्त हुने गरी सरकारले ल्याएको विधेयक फिर्ता नलिए देशभर आन्दोलन चर्काउने बताए ।
सरोकारावालाहरुले विधेयक फिर्ता लिन माग गर्दै आएपछि सरकारले सुनेको छैन ।
प्रतिक्रिया 4