Comments Add Comment

रंगोलीको दाबी–‘कंगनाको करिअर सक्न चाहनेले हल्ला फैलाए’

बलिउड नायिका कंगना रनावतकी बहिनी रंगोलीको विवादस्पद बयानले भारतीय मिडिया तातिरहेका हुन्छन् । कंगनाको विषयमा रंगोली बोल्छिन् र चर्चामा आउँछिन् । कंगना अभिनित चलचित्र ‘मेन्टल हे क्या’ रिलिजको तयारीमा छ । सुरुमा यो चलचित्रलाई कंगना आफैँले निर्देशन गर्न चाहेको कुरा अहिले निकै चर्चामा छ । यो विषयमा रंगोलीले एक ट्विट गरेकी छिन् ।

उनले त्यहाँ लेखेकी छिन्, ‘जो जो कंगनाको विरोधीहरु छन् उनीहरुले यस्तो कुराहरु उठाइरहेका हुन्छन् । जो कंगनाको करिअर सकाउन चाहन्छन् । तर, कंगना मात्र यस्तो कलाकार हो जसले खानदेखि भन्साली, यशराज, अक्षयकुमार, अजय देवगण लगायतको चलचित्र अस्विकार गरेकी छिन् । कंगना आफैँमा हिरो हुन् ।’

यो पनि खबर बाहिरिएको थियो कि, कंगना ‘मेन्टल हे क्या’को भूमिकालाई लिएर सन्तुष्ट छैनन् । चलचित्रमा आफ्नो भन्दा बढी भूमिका राजकुमार रावलाई दिएको भन्दै कंगना केही दृष्यहरु पुनः छायांकन गर्न चाहान्थिन् । तर, यो कुरा पनि गलत भएको रंगोलीले बताएकी छिन् । उनले भनिन्, ‘यो हल्ला पनि कंगनाको विरोधीहरुले नै फैलाएका हुन् । कंगनाले कहिल्यै त्यस किसिमको प्रतिक्रिया दिएकी छैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment