Comments Add Comment

कृषिमा बजेट कम भएको मन्त्रीकै गुनासो

२६ जेठ, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल बलदेवले कृषिमा कम बजेट छुट्याइएकोमा असन्तुष्टि जनाएका छन् ।
कृषिलाई व्यवसायीकरण गर्न कम्तिमा कुल बजेटको पाँच प्रतिशत छुट्याउनुपर्ने उनले बताए ।

आइतबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा मन्त्री खनालले कुल बजेटको १.८ प्रतिशतमात्रै कृषिका लागि छुट्याएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

मन्त्री खनालले युवाहरुलाई कृषिमा आवद्ध गराउने गरी कार्यक्रमहरु अघि सारिएको सुनाए ।

बजेटमा किसानको वर्गीकरण समावेश नभएपनि यो कार्यक्रमलाई अघि बढाउन प्रयत्न गरिरहेको भन्दै उनले भने, ‘किसानको वर्गीकरण गर्दा किसानको पहिचान हुन्छ । यसो गर्न सकियो भने उहाँहरुको समस्या पनि त्यहीअनुसार सुन्न पाइन्छ ।’

किसानले मल नपाएको सन्दर्भमा टिप्पणी गर्दैै मन्त्री खनालले भने, ‘मलको अभाव हुने गरेको छ । किसानको मागलाई अनुदानमा पूर्ति गर्ने अवस्था छैन । युरियामा समस्या छैन ।’

उनले अनुदानमा साढे तीन खाल मेटि्रक टन मल किसानलाई दिन सकिने भएपनि ६ लाख मेटि्रक टनको माग रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment