Comments Add Comment

पुनर्निर्माण सम्बन्धी दक्षिण एसियाली सम्मेलन भोलिबाट

२६ जेठ, काठमाडौं । विपद् व्यवस्थापन, पुनर्निर्माण, ऊर्जा र जलवायु परिवर्तनका क्षेत्रमा स्थानीय तहहरुको भूमिका सम्बन्धी दक्षिण एसियाली सम्मेलन सोमबारदेखि काठमाडौंमा सुरु हुने भएको छ ।

सम्मेलनमा नेपालसहित चीन, भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाका स्थानीय तहका जनप्रतिनिधि र विज्ञहरुको सहभागिता रहनेछ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसारसम्मेलनमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुशील ज्ञवालीले भूकम्पपछिको पुनर्निर्माणका उपलब्धी र त्यसको दीगोपनासम्बन्धी प्रस्तुति दिने कार्यक्रम छ । विज्ञहरु,गाउँपालिका र नगरपालिका प्रमुखहरुले पनि आफ्नो प्रस्तुति दिनेछन् ।

सीइओ ज्ञवालीले विपद्, पुनर्निर्माणलगायत विषयमा तुलनात्मक रुपमा अनुभव आदान-प्रदान गर्न र भावी रणनीति बनाउन सहयोग पुर्‍याउने उद्देश्यले सम्मेलन आयोजना भएको जानकारी दिए ।

गाउँपालिका राष्ट्रिय महासंघका कार्यकारी अधिकृत बिमल पोख्रेलले स्थानीय तहसँगको सहकार्यमा नेपालमा निजी आवास पुनर्निर्माणले फड्को मारेको र नेपालले प्राप्त गरेकोउपलब्धी तथा अनुभवबाट अन्तर्राष्ट्रिय समुदायले समेत सिक्न सकून भनेर सम्मेलनको आयोजना भएको बताए ।

दुई दिनसम्म चल्ने सम्मेलन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ, युनाइटेड सिटी एण्ड लोकल गभरमेन्ट एसिया प्यासिफिक र युरोपेली युनियनको संयुक्त आयोजना हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment