Comments Add Comment

लिभिङ टूगेदरमा सौगात र श्रृष्टी, भन्छन्–‘बिहेको हतारो छैन’

हरिवंश आचार्यले एक गीत गाएका छन्, ‘बराबर बराबर, तिम्रो मेरो माया बराबर ।’ यो गीतले महिला पुरुष समनताको कुरा गर्छ । नायक सौगात मल्ल चलचित्र क्षेत्रमा चिनिएको नाम हो । ‘पूर्व मिस नेपाल’ श्रृष्टी श्रेष्ठ पनि चलचित्र क्षेत्रमा आफ्नो भविष्य खोजिरहेकी छिन् । सबैलाई थाहा भएको कुरा उनीहरु अहिले एक अर्काको प्रेममा खुबै रमाइरहेका छन् । उनीहरु प्रेममा रमाएको ३ बर्ष बढी भयो ।

श्रृष्टी र सौगातमा भने हरिवंशले गीतमा खोजेको जस्तै समानता देखिन्छ । हरेक कुरामा उनीहरु समान छन् । श्रृष्टीले पकाएको खानेकुरामा रमाउने सौगात आत भरिने गरि खाना खान्छन् । सौगातलाई भाडा माझ्न मन लाग्छ ।

श्रृष्टी र सौगात एकसाथ भएकोमा उनीहरुको परिवार पनि खुशी छ । श्रृष्टीले सौगातको साथ रोज्दा श्रृष्टीको परिवारबाट कुनै अवरोध आएको छैन । परिवारको साथका कारण पनि श्रृष्टी सौगातसँग सहज रुपमा जीवन बिताइरहेकी छिन् ।
सौगात पनि श्रृष्टीसँग रहँदा खुशी मानिरहेका छन् । यो जोडीले प्रेमको यात्रामा नयाँ उडान भरिरहेको छ ।

सौगात र श्रृष्टी दुबै जना कम बोल्छन् । अझ, सौगातको बानी श्रृष्टीको भन्दा पनि कम बोल्नेछ । यसैले कतिपयलाई उनीहरुको जोडी रोमान्टिक नलाग्न पनि सक्छ । तर, सौगात र श्रृष्टी भने यो कुरा मान्न तयार छैनन् । सौगात र श्रृष्टीले एक अर्कालाई ‘आई लभ यू’ भन्ने शब्द प्रयोग गरेका छैनन् । सौगातका अनुसार, उनीहरुले व्यक्त गर्ने माया अरु कसैले पनि कल्पना गर्न सक्दैन ।

सौगात र श्रृष्टी अहिले एकसाथ चलचित्र ‘पोई पर्यो काले’मा काम गरिरहेका छन् । तर, उनीहरुको जोडीले सधै एउटै चलचित्रमा काम गर्ने अवसर पाउँदैन । उनीहरुलाई नजिक बनाउने भनेको संचारको साधन नै हो । सौगात र श्रृष्टीको माया अरुका लागि पनि डाहा गर्ने खालको छ ।

नायिका श्रृष्टी श्रेष्ठले सौगात मल्ल आफूलाई मनपर्ने हिरो भनेर ‘गाजलु’ चलचित्र चल्दा इन्टरभ्यू दिएकी थिइन् । यसपछि, यी दुई नजिक भएका थिए । सौगात र श्रृष्टीको प्रेममा झगडा नै नहुने भन्ने होइन । तर, झगडाले उनीहरुको प्रेमलाई झनै बलियो र विश्वासिलो बनाइदिएको छ ।

सौगात र श्रृष्टीले एक अर्काको खुबै केयर गर्छन् । घरमा रहँदा एक अर्काको कपडा धोइदिनेदेखि जुत्तामा पोलिस गरिदिने कामसम्म दुबैले गर्छन् । श्रृष्टीको वुझाइमा माया भनेको नै यही हो ।

यसरी सुरु भयो प्रेम
सौगात मल्लले चलचित्र क्षेत्रमा एउटा स्थान बनाइसकेका थिए । श्रृष्टी ’गाजलु’ मार्फत् चलचित्र क्षेत्रमा डेब्युको तयारीमा थिइन् । त्यो समय अन्तरवार्ता दिदै गर्दा श्रृष्टीले सौगातसँग डेटमा जाने इच्छा राखेकी थिइन् । भगवानले ‘तिमी माग, म पुर्याइदिन्छु’ भन्छन् भनिन्छ । सायद, श्रृष्टीका लागि सौगातको हकमा यही कुरा लागू भएको छ ।

पछि सौगात र श्रृष्टीलाई एउटै चलचित्रबाट अफर आयो । त्यो समय सौगातले श्रृष्टीलाई राम्रोसँग चिन्दैन थिए । सो चलचित्रको सिलसिलामा उनीहरुको भेट भएको थियो । तर, उनीहरुले काम गर्ने भनेको चलचित्र नबन्ने भयो । सौगात र श्रृष्टीको कुराकानी हुन छोड्यो । लगभग २ वर्षसम्म उनीहरु बोलेनन् ।

भेट भएको २ वर्षपछि श्रृष्टीले ‘ह्याम्लेट’ नामक नाटकमा अभिनय गरेकी थिइन् । उक्त नाटक हेर्न सौगात नाटकघरसम्म पुगे । नाटक हेरेपछि सौगात पनि श्रृष्टीको फ्यान भएर फर्किए ।उक्त नाटकपछि सौगात र श्रृष्टीको कुराकानी सुरु भयो । फोनमा कुरा हुँदै गयो । श्रृष्टीको नाटकको मञ्चन सकिएको थिएन, सौगात र श्रृष्टीविच प्रेमको कोपिला फक्रिसकेको थियो ।

प्रेममा परेपनि दुबैले प्रस्ताव भने राखेनन् । तर, पनि दुबै जनाको मनबाट निस्किएको प्रेमको तरंगले दुबैको मुटु छोइसकेको थियो । आखिर, माया भनेको यही त हो । मुखले बोल्नै पर्दैन । सौगात र श्रृष्टी चलचित्र हेर्न कुमारी हल पुगेको खबर मिडियामा भाइरल भयो । दुबै जना प्रेम लुकाउने सोचमा थिएनन् । थाहा हुने कुरा लुकाएर राख्न उनीहरु चाहदैनथ्यँ । श्रृष्टी र सौगात अहिले लिभिङ टूगेदरमा छन् । उनीहरुको परिवारबाट आएको बिहेको दबाब उनीहरुले थेगिरहेका छन् । तर, तत्काल बिहे गर्ने योजनामा छैनन् । समय आएपछि बिहे हुनेमा दुबै ढुक्क छन् ।

श्रृष्टी र सौगात बिहेको बिषयमा सकारात्मक छन् । तर, त्यो दिनको प्रतिक्षामा उनीहरु छन् जुन दिन उनीहरु सामाजिक रुपमा नै एक अर्काको अंगालोमा बाँधिदिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment