+
+
Shares

प्रमुख प्रशासकीय अधिकृत कुट्ने दुई महिला पक्राउ

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०७६ जेठ २७ गते १२:१२

२७ जेठ, रौतहट । जिल्लाको राजपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गरेको आरोपमा प्रहरीले दुई महिलालाई नियन्त्रणमा लिएको छ ।

राजपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देललाई उनको कार्यकक्षमै हातपात गरेको आरोपमा गौर नगरपालिका–४, पुरेनवाकी अम्बिया खातुन र सोनापति साहलाई प्रहरीले पक्राउ गरेको हो ।

महिलाहरुकका लागि छुट्याइएको रकमबारे सोधपुछ गर्न भन्दै आएका उनीहरुले आफूमाथि कुटपिट गरेको प्रशासकीय अधिकृत सिग्देलको आरोप छ । आफूलाई हटाउन सुनियोजित रुपमा आक्रमण भएको दाबी उनको छ ।

जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रवक्ता डीएसपी नवीन कार्कीले प्रशासकीय अधिकृतको उजुरीपछि दुई महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए । घटनामा अन्य व्यक्ति पनि संलगन भएको र उनीहरुको पनि खोजी कार्य भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?