Comments Add Comment

नीति तथा कार्यक्रम बहुमतले पारित, हिन्दीलाई सम्पर्क भाषा नबनाइने

२७ जेठ, जनकपुरधाम । प्रदेश २ सरकारको नीति तथा कार्यक्रम बुहमतले पारित भएको छ । सोमबार प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

सत्तारुढ सांसदले संशोधन दर्ता गराएपछि प्रदेश सरकार संकटमा परेको थियो । सत्तासिन राजपाका महासचिव समेत रहेका सांसद मनिष सुमन, सांसद विदेश्वर यादव ‘विक्की, डा. रिना यादव, नेत्रबिक्रम साह र सचेतक परमेश्वर साहले संशोधन दर्ता गराएका थिए । तर पाँचै जनाले संशोधन फिर्ता लिए ।

असन्तुष्ट सांसदहरुलाई मनाउन राजपा अध्यक्ष मण्डलका ६ जना सदस्य नै जनकपुर आएर तीन दिनसम्म कसरत गरेका थिए ।

नेकपाका किशोरी साह, सुन्दरबहादुर विक, दिलिप साह, ज्वालाकुमारी साह, रामचन्द्र मण्डलको संशोधन बहुमतले अस्वीकृत भयो । प्रदेशसभामा गत जेठ १९ गते प्रदेश प्रमुख रत्नेश्वरलाल कार्यसथले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

नीति तथा कार्यक्रममा नेपाली कांग्रेसका सांसद शिवचन्द्र चौधरीलेले पनि संशोधन हालेका थिए तर, फिर्ता लिएका छन् । नीति तथा कार्यक्रम पारित गर्ने क्रममा कांग्रेसका सांसदहरुले हुन्छ वा हुन्न केही नभनेर मौन बसेका थिए ।

हिन्दीलाई सम्पर्क भाषा नबनाइने

प्रदेशसभामा नीति तथा कार्यक्रमबिरुद्व उठेका जिज्ञासाहरुको जवाफ दिदैं मुख्यमन्त्री लालबाबु राउतले हिन्दी भाषालाई सम्पर्क भाषा नबनाउने बताएका छन् ।

नीति तथा कार्यक्रममा हिन्दी भाषालाई प्रदेशको सम्पर्क भाषा बनाउने उल्लेख गरिएपछि नेकपा र कांग्रेसका सांसदहरुले यसको चर्काे बिरोध गरेका थिए । मुख्यमन्त्री राउतले अहिले विकास गर्ने समय भएकालले प्रदेश सरकार भाषा विवादमा नलाग्ने बताए ।

सांसदहरुलाई आश्वस्त पार्दै उनले भने, ‘यहाँहरुको मानहानी हुने किसिमले प्रदेश सरकारले कुनै काम गर्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment