Comments Add Comment

साउनबाट सकिएला हलवालाको ‘हनिमुन पिरियड’ ?

प्रसंग १
‘भारत’ नामक बलिउड चलचित्र बुधबार नै रिलिज हुँदा दर्शक उल्लेख्य तानिरहेको नेपाली चलचित्र ‘जात्रै जात्रा’ कम शोमा खुम्चियो । एक साता पनि चल्न नपाई चलचित्र ‘कुम्भ करण’ हलबाट उत्रियो । नेपाली चलचित्रलाई हल संचालकले गरेको मनपरितन्त्र वुझ्न यही उदाहरण हेरे हुन्छ ।

प्रसंग २
केही समय अगाडि एक जना निर्माता भन्दै थिए, बक्स अफिसमा देखिएको व्यापारिक रिपोर्ट भन्दा हलको व्यापारिक रिपोर्ट धेरै देखियो । हलमा मान्छे भरिभराउ हुँदा बक्स अफिसमा मान्छे कम देखिए । मान्छे बक्स अफिसमा कम देखाउँदा कर छली हुन्छ भन्ने वुझ्न धेरै घोत्लिन नै पर्दैन ।

प्रसंग ३
हिन्दी चलचित्र बुधबार नेपालमा नै रिलिज गर्न पाउनु पर्छ भन्दै वितरक अदालतसम्म पुग्छन् । तर, सोही वितरक आफैले वितरण गरेको नेपाली चलचित्रमाथि अर्को विदेशी चलचित्र ल्याएर चलाइदिन्छन् । यो विकृती रोकिन्छ कहिले ?
चलचित्र क्षेत्रमा नेपाली निर्माता र नेपाली चलचित्रमाथि हुँदै आएको व्यवहारको उदारहण जती प्रसंगमा लेखे पनि सकिदैन । किनकी, यस्ता सूचीहरु लामै बन्छन् ।

चलचित्र विकास बोर्डले मात्र यस्ता कुरामा नियमन गर्न सक्छ । यसका लागि देशभर बक्स अफिस, नेपाली चलचित्र अनिवार्य चलाउनै पर्ने नियम, नेपाली चलचित्रलाई अनिवार्य यति शो दिनै पर्छ भन्ने नियम नआएसम्म हल संचालकको यस्तो व्यवहार चलिरहन्छ ।

चलचित्र विकास बोर्डमा केशव भट्टराइको आगमन भएसँगै चलचित्र क्षेत्रमा आशा त पलाएको छ, तर चलचित्रकर्मी ‘पर्ख र हेर’को अवस्थामा छन् । चलचित्र निर्माता संघको केन्द्रिय समितीमा पनि बसिसकेका, चलचित्र बनाएर यस्ता पीडा भोगिसकेका भएकाले पनि केशवले चलचित्र क्षेत्रको सुधारका लागि काम गर्ने आशा धेरैको छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइले असार मसान्तसम्मलाई ‘हलवालाको हनिमुन पिरियड’ भनेका छन् । यसपछि, हलवालाको मनलाग्दी नचल्ने चेतावनी उनले हल संचालकहरुलाई दिइसकेका छन् ।

तर, चलचित्र क्षेत्रमा समस्या नै समस्या रहेको, पीडित भएको जस्तो अभिव्यक्ति दिदै हिड्ने कलाकार, निर्माताले आफूलाई नपर्दा यस्ता समस्या हल गर्नका लागि साथ दिने कुरामा भने शंका व्यक्त गर्न सकिन्छ । यस्तो अवस्थामा, के साउनदेखि नेपाली चलचित्रले मुहार फेर्न सुरु गर्ला ? निर्धक्क चलचित्र बनाउन सक्ने अवस्था आउला ?

के साच्चिकै चलचित्र विकास बोर्डका अध्यक्षले भन्दै आएको ‘हलवालाको हनिमुन पिरियड’ असार मसान्तबाट सकिएला त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment