Comments Add Comment

‘रंग दे बसन्ती’मा काम नगरेकोमा पछुतो लाग्छ’: साहिद

बलिउड साहिद कपुरलाई बलिउडको भर्सटायल नायकको रुपमा हेर्ने गरिन्छ । उनी हरेक चलचित्रमा आफूलाई केही न केही फरक अवतारमा प्रस्ततु गरिरहेका हुन्छन् । ‘हैदर, जब वि मेट, कमिने, रंगून, पद्मावत’लगायत चलचित्रबाट उनले आफूलाई भर्सटायल कलाकारको रुपमा परिचित गराइसकेका छन् ।

अहिले साहिद नयाँ चलचित्र ‘कबिर सिंह’को प्रचारमा व्यस्त छन् । चलचित्रको ट्रेलर सार्वजनिक भइसकेको छ । ट्रेलरबाट साहिदको कामको निकै प्रशंसा भइरहेको छ । साहिदले यो चलचित्रमा आफूलाई फरक अवतारमा प्रस्तुत गरेका छन् ।

यस्तैमा, साहिदले एक नयाँ कुराको खुलासा गरेका छन् । उनले एक अन्तरवार्तामा आफूले आमिर खानको चलचित्र छोडेको बताएका छन् । साहिदले आफूले चलचित्र ‘रंग दे बसन्ती’ छाडेको बताएका छन् । अन्तरवर्तामा उनले भनेका छन्–‘मैले आमिरको मल्टिस्टारर चलचित्र छोडेको थिएँ । अहिले मलाई ‘रंग दे वसन्ती’मा काम नगरेकोमा पछुतो छ ।’ साहिदलाई चलचित्रमा सिद्धार्थको भूमिकामा अफर गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment