+
+
Shares

दार्चुलामा शौचालय भत्किँदा ४ बालबालिकाको मृत्यु

सन्तोष कोट्टारी सन्तोष कोट्टारी
२०७६ जेठ २८ गते २०:३०

२८ जेठ दार्चुला । दार्चुलामा शौचालय भत्किँदा ४ बालबालिकाको मृत्यु भएको छ ।

नौगाड गाउँपालिका ४ सिप्टीमा स्थानीय गणेश विनायक माविको शौचालयको छाना भत्किँदा विद्यालयमा अध्ययनरत बालबालिकाको मृत्यु भएको प्रहरी चौकी सिप्टीका प्रहरी सहायक निरीक्षक देवदत्त भट्टले जानकारी दिए ।

विद्यालय बन्द रहेको समयमा मंगलबार साढे ४ बजेतिर शौचालयको छतमा खेल्दा ५ देखि ९ वर्षसम्मका बालबालिकाको मृत्यु भएको हो । शौचालयको छतले पुरिएको अवस्थामा ४ बालबालिकाको शव निकालिएको प्रहरीको भनाइ छ ।

ज्यान गुमाउनेमा अन्दाजी ७/८ वर्षकी निरुता ठगुन्ना, ९/१० वर्षकी अनुष्का धामी, ५ वर्षकी युनिका ठगुन्ना र ८/९ वर्षका सुदिश धामी रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

अझै शवहरु फसेको हुन सक्ने भन्दै प्रहरी टोली तथा स्थानीयहरुले उद्धार कार्य जारी राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?