+
+
Shares

महानगरको योजना आयोगमा ५ सदस्य नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ३० गते १४:३२

३० जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरी योजना आयोगमा ५ सदस्य नियुक्त गरेको छ । ९ सदस्य हुने आयोगका लागि महानगरे बिहीबार ५ सदस्य नियुक्त गरेको हो ।

नवनियुक्त सदस्यहरुमा संस्कृति, सम्पदा तथा पर्यटनतर्फ प्रा. डा. त्रिरत्न बज्राचार्य, शिक्षा, स्वास्थ्य र समुदायतर्फ गुजेश्वरी श्रेष्ठ, व्यवस्थापन प्रशासनतर्फ मनराजा रञ्जित, सहरी योजनातर्फ कृतिकुसुम जोशी, प्राबिधिकतर्फ इञ्जिनियर सजिब श्रेष्ठ रहेका छन् ।

महानगरपालिका सहरी योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि) ऐन, २०७५ को व्यवस्थाबमोजिम सदस्य नियुक्त गरिएको महानगरपालिकाले जनाएको छ । आयोगको उपाध्यक्ष भने यस अघि नै नियुक्त गरिएको थियो ।

सोहि ऐनबमोजिम जेठ १२ गते बसेको कार्यपालिकाको ३३ औं बैठकले सरोज बस्नेतलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो । आयोगका पदाधिकारीका रुपमा नियुक्त उपाध्यक्षसहित सदस्यहरुलाई बिहीबार (आजै) आयोगका अध्यक्षसमेत रहेका महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?