+
+
Shares

क्यानडा लैजाने प्रलोभन देखाएर मिर्गौला निकाल्ने धन्दा !

भारतमा यसरी जोगिए दुई नेपाली

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ३१ गते १७:४२

३१ जेठ, काठमाडौं । म्याग्दीका श्याम (नाम परिवर्तन) लाई एक वर्षअघि आकर्षक तलबसहित रोजगारीका लागि क्यानडा जाने अफर आयो ।

काठमाडौंमा बसेका वेला एक युवकसँग भएको सामान्य चिनजानमै यस्तो प्रस्ताव गरेका थिए । उनले भनेका थिए ‘मेरो दाइ क्यानडामा छ । उहाँलाई सम्पर्क गराइदिन्छु । सबै काम हुन्छ ।’

उनको प्रलोभनमा श्याम सजिलै लोभिए । नम्बर लिएर सम्बन्धित व्यक्तिलाई फोन गरे । उनले अर्कै व्यक्ति देखाइदिए, नुवाकोटका योगश सापकोटा ।

सापकोटाको भर परेर श्याम २२ माघ ०७५ मा भारततिर लागे । ‘भारत हुँदै क्यानडा लग्ने बताइएको रहेछ’, अनुसन्धानमा संलग्न अधिकारी भन्छन् । नयाँ दिल्लीको होटलमा बस्दा भारतीय व्यक्तिले श्यामलाई २२ हजार अमेरिकी डर नगद देखाएपछि मात्रै इटीए (इलेक्ट्रोनिक ट्राभल अथराइजेसन) प्राप्त हुने बताउँछन् ।

त्यसका लागि उनले बुबा र मामालाई नगद २२ हजार ५९ डलर लिएर आउन आग्रह गरे । करिब एक सातापछि उनीहरु नयाँ दिल्ली पुगे र श्यामलाई एयरपोर्ट लाने तारतम्य मिलाउँछन् ।

‘पैसा देखाएपछि मलाई इन्दिरा गान्धी एयरपोर्टसम्म त पुर्‍याइयो’, पीडितले नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोका अधिकृतसँग भनेका छन्, ‘तर, म एयरपोर्टमै अलपत्र परेँ ।’

उनका बुबा र मामा गुडगाउँको होटलमै थिएँ । श्याम फर्किएर होटल गए, जहाँ दुवै जना बेहोसी अवस्थामा थिए । ‘त्यो देखेपछि बुबा र मामालाई श्यामले हस्पिटल लगेका थिए’, ब्युरोका एसपी अनुपम शमशेर जबराले भने, ‘उपचारपछि साथमा रहेको नगद लुटिएको उनीहरुले थाहा पाए ।’

दुवै जनालाई बेहोस बनाइएको भेटिएकाले मिर्गौला झिक्ने उद्देश्य राखिएको हुनसक्ने आशंका गरिएको छ । अनुसन्धानमा संलग्न अधिकृत भन्छन्, ‘उनीहरुबीच फोनमा हस्पिटल र किड्नीको विषयमा छलफल पनि भएको देखिन्छ ।’

स्वेदश फर्किएका उनीहरुले प्रहरीको मानव बेचबिखन ब्युरोमा उजुरी दिएका थिए, जसको आधारमा नेपाली एजेन्ट सापकोटा पक्राउ परेका छन् । तर भारतीय नागरिकसम्म भने प्रहरी पुग्न सकेको छैन ।

पक्राउ परेका सापकोटामाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ अन्तरगत अनुसन्धान र कारबाही हुने जनाइएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?