+
+
Shares

जबर्जस्ती करणी गरी फरार युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ३१ गते २०:११

३१ जेठ, दार्चुला । दार्चुलामा जबर्जस्ती करणीका आरोपी युवक तीन महिनापछि पक्राउ परेका छन् ।

गत फागुन २८ गते १७ वर्षकी युवतीलाई जबर्जस्ती करणी गरी फरार महाकाली नगरपालिका २ का २० वर्षका महेश दमाई बिहीबार पक्राउ परेका दार्चुलाका प्रहरी प्रवक्ता हिक्मत बोहराले बताए ।

गत फागुन २८ गते बेलुकी साढे सात बजेतिर महेशले १७ वर्षकी युवतीलाई मैखोलीस्थित खाली पसलमा लगेर जबरजस्ती करणी गरेका प्रहरीमा उजुरी परेको थियो । उनलाई सुराकीको आधारमा पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

बिहीबार दल्लेख प्रहरी चौकीले पक्राउ गरी जिल्ला प्रहरीको कार्यालयको जिम्मा लगाएको थियो । जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अभियुक्तमाथि अनुसन्धान सुरु गरिएको बोहराले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?