+
+
Shares

विद्युत प्राधिकरणमा एकैपटक १ हजार ५७४ सय कर्मचारीको सरुवा (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १ गते ११:३९

१ असार, काठमाडौं । नेपाल विद्युत प्राधिरकणले एकैपटक झण्डै १६ सय कर्मचारीको सरुवा गरेको छ । प्राधिकरण व्यवस्थापनले नियमित सरुवालाई निरन्तरता दिँदै १५ सय ७४ कर्मचारी कर्मचारीहरुलाई नयाँ कार्यालयमा खटाएको हो ।

२०७४ भदौमा पनि प्राधिरकणले १५ सय कर्मचारीको एकपटक सरुवा गरेको थियो । त्यसअघि वितरण केन्द्र प्रमुखहरुको पनि सरुवा भएको थियो । २०७३ सालमा प्राधिकरणले २५ सय कर्मचारीको सरुवा गरेको थियो ।

त्यसअघि प्राधिकरणमा लामो समयसम्म पनि एउटै वितरण केन्द्र र कार्यालयहरुमा बस्ने प्रचलन ब्याप्त थियो । त्यसले गर्दा संगठित रुपमै मिलेमतोमा विजुलीको मिटर बिगारेर प्राधिकरणलाई घाटामा पुर्‍याउने प्रचलन ब्याप्त बनेको थियो । तर, कुलमान घिसिङ कार्याकारी निर्देशक भएर आएपछि कर्मचारी सरुवा गरेका थिए ।

त्यस समयमा सरुवाको निर्णय फिर्ता गर्न प्राधिकरण नेतृत्वमाथि ठूलो राजनीतिक दबाव परेको थियो । कर्मचारी संगठनहरु आन्दोलित भएका थिए । यसपछि पनि नियमित सरुवालाई निरन्तरता दिने गरी प्राधिकरणले यसपटक कर्मचारीको सुरुवा गरेको  छ ।

यसले गर्दा एउटै कर्मचारी एकै स्थानमा नबस्ने र त्यसले गर्दा सुशासन कायम गर्न सहज हुने विश्वास प्राधिकरणलाई छ ।

कुन कमर्चारी कता सरूवा ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?