Comments Add Comment

कर्णाली प्रदेशले ल्यायो ३४ अर्ब ३५ करोडको बजेट (पूर्णपाठसहित )

१ असार, सुर्खेत । कर्णाली प्रदेशले ३४ अर्ब ३५ करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले आइतबार प्रदेशसभा बैठकमा ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजारको बजेट पेश गरेका हुन् ।

चालु खर्चतर्फ १३ अर्ब ५ करोड ९६ लाख ५३ हजार र पुँजीगततर्फ २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार विनियोजन गरिएको छ ।

बजेटको स्रोत मध्ये आन्तरिक राजश्व २५ करोड १० लाख ४१ हजार उठाउने लक्ष्य छ भने चालु बजेटमा खर्च नभएको ८ अर्ब ९४ करोड ७४ लाख ८४ हजार छ ।

यस्तै संघीय सरकारबाट राजश्व बाँडफाँटबाट प्राप्त हुने ७ अर्ब ४४ करोड ४३ लाख, प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँटबाट आउने २ करोड ७४ लाख र सशर्त अनुदानबाट ५ अर्ब २७ करोड २७ लाख छ । समपुरक र विषेश अनुदानबाट १ अर्ब ८१ करोड २२ लाख अनुदान प्राप्त हुनेछ भने नपुथ ७५ करोड आन्तरिक ऋणबाट जुटाइनेछ ।

केके छन् कार्यक्रम ?

प्रदेश सरकारले बजेटमा पूर्वाधार विकास कार्यक्रमका लागि १ अर्ब २० करोड बजेट छुट्यायो । कर्णाली पूर्वाधार विकास प्रमुख प्राधिकरण गठन गर्ने डीपीआर सम्पन्न भएका परियोजनहरुलाई परियोजना बैंकमा राख्ने बजेटमा उल्लेख छ ।

एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमलाई १ अर्ब २९ करोड, खानेपानी क्षेत्रमा १ अर्ब ३८ करोड ३५ लाख र सिँचाइ क्षेत्रमा १ अर्ब ७० करोड २५ लाख बजेट विनियोजन गरिएको छ ।

प्रदेश सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रम, मनमोहन सामाजिक सुरक्षा कार्यक्रम, छोरीबुहारी मुलप्रवाहीकरण कार्यक्रम लगायतलाई बजेट छुट्याएको छ । सडक सुविधान नभएका हुम्ला र डोल्पाका जेष्ठ तथा पूर्ण अपाङ्गगता भएका व्यक्तिका लागि हवाई टिकटकमा सहुलियत दिन १ करोड ५० लाख बजेट छ ।

स्थानीय तहका लागि वित्तीय समानीकरण अनुदान ४० करोडबाट बढाएर ८० करोड पुर्‍याइएको छ भने कर्णाली पूर्वाधार विकास लगानी कोयामा ३ अर्ब दिइएको छ ।

नेपाल सरकार, विकास साझेदार वा विदेशी लगानीकर्ताबाट आउने रकम समेत जाने यो कोषमा आवश्यक वित्तीय व्यवस्थापनका लागि थप २ अर्ब छुट्याइएको छ ।

हेर्नुस् पूर्णपाठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment