Comments Add Comment

प्रदेश २ सरकारले ल्यायो ३८ अर्ब ७२ करोडको बजेट

१ असार, जनकपुरधाम । प्रदेश २ सरकारले आगामी  आर्थिक वर्ष ०७६/७७ का लागि ३८ अर्ब ७२ करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री विजयकुमार यादवले आइतबार प्रदेश सभामा ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट पेश गरेका हुन् ।

चालूतर्फ रु १९ अर्ब ११ करोड, ९७ लाख ३८ हजार अर्थात ४९.८१ प्रतिशत र पूँजीगततर्फ रु १९ अर्ब २६ करोड, ५४ लाख ६४ हजार अर्थात ५०.१९ प्रतिशत विनियोजन गरिएको छ ।

बजेटको स्रोतका रुपमा आन्तरिक राजस्वबाट रु १३ अर्ब, ५४ करोड, ३१ लाख, ६९ हजार, नेपाल सरकारबाट प्राप्त बिभिन्न अनुदानबाट रु १६ अर्ब १७ करोड, ७४ लाख र चालू आ.ब. बाट नगद मौज्दात हुने रु ७ अर्ब ७० करोड, ७२ लाख, ९२ हजार प्राप्त हुने र रु १ अर्ब ३० करोड आन्तरिक ऋण लिइने छ । गत बर्ष एक अर्ब ऋण लिने घोषणा गरेपनि नलिएको बताउँदै उनले यस पटक ऋण लिइने मन्त्री यादवले बताए ।

केके छन् कार्यक्रम ?

प्रदेश सरकारले गत वर्षबाटै सुरु गरेको ‘बेटी पढाऔं, बेटी बचाऔं’ का लागि रु ३९ करोड ३३ लाख बजेट छुट्टयाइएको छ ।

मुख्यमन्त्री स्वच्छता अभियानका लागि रु ३१ करोड ३३ लाख, मुख्यमन्त्री किसान उत्थान कार्यक्रमका लागि रु २० करोड छुट्टयाएको छ । आठै जिल्लामा मझौला तथा साना सिंचाईका लागि रु १ अर्ब बजेट प्रदेश सरकारले विनियोजन गरेको छ । प्रदेश सरकारले मठमन्दिर, मस्जिद, गुम्बाको संरक्षण र सम्बर्द्धनका लागि रु ४० करोड विनियोजन गरेको छ ।

४ वटा बस खरिद गर्ने

प्रदेश सरकारले पारबहन सेवा संचालनका लागि रु ६ करोड रकम विनियोजन गरेको छ । जनकपुरबाट वीरगंज र राजविराज बस संचालन गर्न ४ वटा बस खरिदका लागि ६ करोड विनियोजन गरिएको हो ।

निर्वाचित सांदललाई ३ र समानुपातिकलाई एक करोड

सांसदहरुले आफ्नै इच्छाले खर्च गर्ने गरी बजेट पाउने भएका छन् । आइतबार प्रस्तुत गरिएको बजेटमा निर्वाचित र समानुपातिक दुबै सांसदले आफ्नो इच्छा अनुसार खर्च गर्ने गरी बजेट विनियोजन पाउने उल्लेख छ ।

प्रदेशका निर्वाचित सांसदले करोडका दरले पाउनेछन् । यसमध्ये रु १ करोड आफ्नै इच्छाले र बाँकी २ करोड संसदीय विकास कार्यक्रम अन्तर्गत पाउने भएका छन् ।

यस्तै समानुपातिक सांसदले रु १ करोडका दरले बजेट पाउने भएका छन् । यो बजेट समानुपातिक सांसदहरुले आफ्नै इच्छा अनुसार खर्च गर्न पाउनेछन् ।

प्रदेश २ मा ६४ प्रत्यक्ष निर्वाचित र ४१समानुपातिक गरी १०७ जना सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment