Comments Add Comment

लिची सेवन गर्दा ज्यानै जान्छ ? कुन अवस्थामा लिची विषाक्त ?

अहिलेको मौसमी फल हो लिची । स्वादिलो, रसिलो यो फल सेवन गर्नुको थुप्रै स्वास्थ्य लाभ पनि छ । तर, भारतमा लिची सेवन गरेर बालबालिकाको मृत्यु भएको खबरले उपभोक्तालाई झस्काएको छ ।

भारतमा तीन साताको अवधीमा ४७ जना बालबालिकाको मृत्यु भयो, लिची सेवनले । भारतको विहार क्षेत्रमा भएको यस घटनाले लिची नै विषात्त फल पो हो कि ? भन्ने आशंका पैदा गरेको छ ।

हुन त लिचीको सिजनमा हरेक बर्ष यस्तै किसिमको खबर फैलने गरेको छ । वितेका बर्षहरुमा पनि लिची सेवनकै कारण बालबच्चाले ज्यान गुमाएको खबर आएको थियो । सन् १९९० को दशकको यो घटनापछि  खाली पेटमा लिची सेवन गर्नु घातक हुने पुष्टि भएको थियो ।

पछिल्लो समय धेरै संख्यामा बालबालिकाको मृत्यु भएपछि यसको कारण खोजिएको छ । अतः नतिजाले के भन्छ भने, जुन क्षेत्रका बालबालिकाको लिची सेवन गरेर मृत्यु भयो, उनीहरुले धेरै मात्रामा खाली पेट लिची सेवन गरेका थिए । भारत, विहारको उक्त क्षेत्रमा लिची उत्पादन अत्याधिक हुने गरेको छ ।

यद्यपी लिची नै मृत्युको मूल कारण चाहि होइन । खाली पेटमा र अनियन्त्रित मात्रामा लिची सेवन गर्दा त्यसले शरीरमा हानी पुर्‍याएको हो । एक त गर्मीको समय, त्यसमाथि लामो समय भोको पेट । यस्तो अवस्थामा शरीरमा पानीको मात्रा कम हुन्छ । रगतमा चिनीको मात्रा कम हुन्छ । ठिक यस्तो अवस्थामा लिची सेवन गर्नु घातक हुनससक्छ ।

किन ?

लिचीमा एक प्रकारको बिष हुन्छ, हाइपोग्लिसिन । यसले शरीरमा ग्लुकोज बन्ने प्रक्रियालाई रोक्छ । शरीरमा यो बिष पुग्छ र सुगरको मात्रा अचानक कम हुन्छ । यहि नै मृत्युको कारण बन्न सक्छ ।

लिचीले मस्तिष्कसँग सम्बन्धित यस्तो समस्या पैदा गर्छ, जसले ज्यान लिन सक्छ । एक्यूट इन्सेफेलाइटिस सिन्ड्रोम नामक यस बीमारीको कारण सैयौंले ज्यान गुमाएका छन् । बैज्ञानिकले उक्त रोग लिची फलको कारण हुने बताएको छ ।

यसमा प्राकृतिक रुपले हाइपोग्लिसीन-ए र मिथाईलेन्साइक्लोप्रोपाइलिगसीन नामको विषाक्त तत्व हुन्छ । यसले शरीरमा फ्याटी एसिड मोटाबोलिज्म बनाउन रोक्छ । यसै कारण ब्लड सुगर लेभल कम हुन्छ ।

दिनमा १०-१२ दाना मात्र

लिची फल हानिकारक त्यसबेला हुनसक्छ, जब यसलाई अनियमित र अनियन्त्रित ढंगले सेवन गरिन्छ । यदि दिनमा केहि मात्रामा र खाना खाइसकेपछि सेवन गर्ने हो भने लिचीले फाइदा गर्छ । दिनमा १० वा १२ दाना भन्दा बढी लिची सेवन गर्नु हुँदैन ।

लिची हड्डीको लागि फाइदाजनक हुन्छ । बच्चाको शारीरिक विकासमा सहयोग पुर्‍याउँछ । यसको नियमित सेवनले शरीरमा क्यान्सर कोशिकालाई बढ्न दिदैन । यो हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोगी हुन्छ । दमका रोगीलाई लिची लाभदायक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment