+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
चितवन राइनोज 2025
0/0
Shares

पाकिस्तानी सेनाको कारबाहीमा अफगान सीमा क्षेत्रमा २३ आतंककारीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ४ गते १४:३६

पाकिस्तानी सेनाले अफगान सीमा क्षेत्रमा गरेको दुई वटा आतङ्कारी लक्षित कारबाहीमा २३ जना आतंककारीहरूको मृत्यु भएको जनाएको छ ।

आतंकवादीहरू पाकिस्तानी तालिबान वा यसका सम्बद्ध समूहहरूका भएको सेनाले  विज्ञप्तिमा मार्फत जनाएको छ ।

“पाकिस्तानले देशबाट विदेशी प्रायोजित र समर्थित आतंकवादको खतरा हटाउन सम्पूर्ण प्रयास जारी राख्नेसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

इस्लामावादले नियमित रूपमा काबुललाई आतंवादी समूहहरू, पाकिस्तानमा घातक आक्रमण गर्ने तेहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) लाई शरण दिएको आरोप लगाउँदै आइरहेको छ ।

पाकिस्तानले पछिल्लो समयमा भारतले पनि आतंकवादी समूहहरूलाई समर्थन गरेको दाबी गर्दै आएको छ भने दुवै छिमेकीले कुनै पनि आतंकवादी संलग्नतालाई अस्वीकार गरेका छन् ।

पाकिस्तानले अफगानिस्तानबाट योजना बनाएको भन्दै गत हप्ता इस्लामाबादको अदालत बाहिर भएको आत्मघाती बम विस्फोटमा १२ जनाको मृत्यु तथा दर्जनौँ घाइते भएपछि छापा मारेको जनाइएको छ ।

यद्देपी आक्रमणको जिम्मेवारी भने  पाकिस्तानी तालिबानको एउटा समूहले लिएको छ ।

पछिल्लो समयमा पाकिस्तान र अफगानिस्तानबीचको सम्बन्ध चिस्सियको छ भने गत महिना सीमापार झडपले खराब लडाइँ निम्त्याएको थियो । एक हप्तासम्म चलेको द्वन्द्वमा दुवै पक्षका ७० जना भन्दा बढी मानिस मारिएका छन् । हाल दुई देशका आपसी सीमाहरु बन्द भएका छन् ।

अन्ततः दुई दक्षिण एसियाली छिमेकीहरू युद्धविराममा सहमत भए पनि सर्तहरू पालना गर्नमा आएका गतिरोधका लागि एक–अर्कालाई दोषारोपण गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?