+
+
Shares

भारतले पाकिस्तानलाई दियो ३३७ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १ गते १९:५८

काठमाडौं । विश्वकप क्रिकेटमा भारतले पाकिस्तानसामू ३३७ रनको लक्ष्य लिएको छ ।

वर्षाले प्रभावित खेलमा भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३३६ रन बनाएको छ । भारतको पारीमा ४६.४ ओभरमा पानीले खेल रोकिएको थियो तर, वर्षा रोकिएपछि ओभर घटाइएन, भारत नै ब्याटिङमा आयो ।

म्यानचेष्टरमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतको सुरुवात राम्रो रहृयो । रोहित शर्मा र केएल राहुलले पहिलो विकेटका लागि १३६ रनको साझेदारी गरे । शर्माले १४० रन बनाए भने कप्तान विराट कोहलीले ७७ रन बनाए ।

राहुल ५७ रनमा आउट भए । पाकिस्तानका मोहम्मद आमिरले ३ विकेट हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?