Comments Add Comment

फेयरफिल्ड बाइ म्यारियाेटमा लखनवी फुड फेस्टिबल

१ असार, काठमाडौं । ठमेलस्थित फेयर फिल्ड बाइ म्यारियाेट होटलमा लखनवी फुड फेस्टिबल शुरु भएको छ । गत शुक्रबारदेखि फेयरफिल्ड बाइ म्यारियाेटमा फुड फेस्टिबल शुरु भएको हो ।

नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले शुक्रबार फेस्टिबलको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा भारतीय दूतावासमा उपमहानिर्देशक डा. अजय कुमार, एमएस ग्रुपका अध्यक्ष सशीकान्त अग्रवाल, फेयरफिल्ड बाइ म्यारियाेटका हाेटल मेनेजर सञ्जय मण्डल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा लखनउँको सास्कृतिक नृत्यहरु समेत प्रस्तुत गरिएको थियो । लखनवी खानाका विभिन्न परिकारहरु पारखीहरुले २२ जुनसम्म खान पाउने बताइएको छ । जम्मा ९ दिनकाे फेस्टिबल दाैरानमा खानाकाे मूल्य प्रति व्यक्ति  २ हजार २ सय ९९ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment