+
+
Shares

‘मि टू’ प्रकरणमा तनुश्रीले मागिन् मोदीको साथ

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ३ गते ११:३२

सन् २००८ मा एक चलचित्रको छायांकनको क्रममा आफूमाथि नायक नाना पाटेकरले यौन हिंसा गरेको भन्दै बलिउड नायिका तनुश्री दत्ताले प्रहरीमा उजुरी गरेपछि केही समय अगाडि बलिउडमा ‘मि टू’ प्रकरण खुबै तात्यो । चलचित्रको छायांकनको क्रममा बारम्बार आफूमाथि नानाले यौन हिंसा गरेको आरोप लगाउँदै तनुश्रीले आवाज उठाएपछि अन्य केही बलिउड नायिका पनि यो बिषयमा बोलेका थिए ।

तर, मुम्बई प्रहरीले कुनै पनि प्रमाण नभेटिएको भन्दै नानालाई ‘क्लिन चिट’ दिइसकेको छ । नानाले सफाई पाएपछि तनुश्री आक्रोशित बनेकी छिन् । उनले मुम्बई प्रहरीका भ्रष्ट अफिसर्सका कारण आफूले न्याय नपाएको समेत बताउँदै आएकी छिन् ।

अब, तनुश्रीले यो बिषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सहयोग मागेकी छिन् । मोदीसँग सहयोगको अपिल गर्दै तनुश्रीले यौन हिंसा गर्ने एक मानिस कसरी सडकमा निर्धक्क हिड्न सक्छ भनेर प्रश्न पनि गरेकी छिन् ।

तनुश्रीले भनेकी छिन्–‘कसरी एउटा यौन हिंसा गर्ने व्यक्ति सडकमा निर्धक्क हिड्न सक्छ जबकी हाम्रो प्रधानमन्त्रीको उद्देश्य नै भ्रष्टचार मुक्त समाज छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?