Comments Add Comment

वीनालाई सानियाको जवाफ : म पाकिस्तानी टिमको आमा होइन

काठमाडौं । भारतीय टेनिस स्टार सानिया मिर्जा र पाकिस्तानी अभिनेत्री वीना मलिक ट्वीटरमा भिडेका छन् ।

पाकिस्तानी खेलाडीहरु शुक्रबार राति डिनरका लागि एक रेष्टुराँमा गएका थिए । आइतबार भारतसँग हारेपछि फिटनेशको ख्याल नलगेको भन्दै पाकिस्तानी आलोचना भएको छ ।

वीना मलिकले भने सानियामाथि निशाना साधिन् । उनले ट्वीट गर्दै भनेकी थिइन्। ‘सानिया त तपाईको बच्चालाई लिएर चिन्तित छु । तपाईहरु शिशा प्यालेसमा हुनुहुन्छ, के यो खतरनाक छैन । जहासम्म मलाई थाहा छ कि आर्ची जंक फुडका लागि चिनिन्छ र यो एथलिट र केटाहरुका लागि राम्रो मानिन्न । के तपाईलाई यति पनि थाहा छैन कि तपाई आमा हो र आफैं खेलाडी पनि ।’

वीनाको यो ट्वीटले सानिया भडि्कइन् । उनले आफ्नो बच्चालाई जसरी हेरचाह गरुँ, अरुलाई के मतलब भनेकी छन् ।

उनले ट्वीट गर्दै भनेकी छन्, ‘वीना म आफ्नो बच्चालाई शीशा प्यालेसमा लगेर गएको थिइन । यो सबैबारे तपाई र बाँकी दुनियाँले चिन्ता गर्नु पर्दैन । म आफ्नो बच्चालाई अरुले भन्दा कम ऋयाल गर्दिन । दोस्रो कुरा यो छ कि म पाकिस्तानी क्रिकेट टिमको न डाइटिसियन हुँ न त आमा, पि्रन्सिपल वा शिक्षक ।’

वीनाले त्यसको पनि जवाफ दिएकी छन् । उनले तपाई एक क्रिकेटरको पत्नी होइन र भन्दै अर्को ट्वीट गरेकी छन् ।

सानियाले वीनाबारे अर्को एक ट्वीट गरेकी थिइन् तर डिलिट गरेकी छन् । उनले डिलिट गर्नु अघि नै अरुले स्क्रीन सर्ट लिइसकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment