Comments Add Comment

मेडिकल कलेजहरुले नेपाली विद्यार्थीलाई विभेद गरेको सांसदहरुको आरोप

३ असार, काठमाडौं । सांसदहरुले मेडिकल कलेजहरुले छात्रवृति पाएका नेपाली बिद्यार्थीलाई मेडिकल कलेजहरुले विभेद गर्ने गरेको आरोप लगाएका छन् ।

मंगलबार सिंहदरबारमा आयोजित शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा पूर्वस्वास्थ्य मन्त्री एवं नेकपाका सांसद खगराज अधिकारीले भने, ‘मेडिकल कलेजहरुले बिदेशी बिद्यार्थीलाई प्रोत्साहन गर्ने र छात्रवृतिमा अध्ययनरत नेपाली बिद्यार्थीलाई दोस्रो दर्जाको नागरिक जस्तो ब्यवहार गर्ने गरेका छन् ।’

यो पनि पढ्नुहोस बढी शुल्क लिने मेडिकल कलेजलाई कडा निर्देशन दिने तयारी

सांसद अधिकारीले छात्रावासमा र कलेजका आन्तरिक परीक्षामा नेपाली बिद्यार्थीलाई विभेद हुने गरेको बताउँछन् । ‘कतिपय कलेजहरुले प्राक्टिकलमा नेपाली विद्यार्थीलाई शुन्य नम्बर दिने गरेका छन् । यसको प्रमाणसहित उजुरी आएको छ,’ उनले भने ।

गत चैत ८ गते अधिकारी सदस्य रहेको मेडिकल कलेजको शुल्क विवादबारे छानबिन गर्न गठित शिक्षा तथा स्वास्थ्य उपसमितिले १५ दिने उजुरी आव्हान गरेको थियो । त्यसक्रममा छात्रवृतिमा अध्ययनरत विद्यार्थीले आफुहरुलाई विभेद हुने गरेको भन्दै उजुरी दिएको सांसद अधिकारीले जानकारी दिएका हुन् ।

सांसद मानबहादुर विश्वकर्माले सांसद अधिकारीले उठाएको विषयमा समितिले स्थलगत अध्ययन गर्नुपर्ने बताए ।

अर्का समिति सदस्य मनकुमारी जिसीले बढी पैसा लिन पाउने नाममा विदेशी बिद्यार्थीलाई मात्रै प्रोत्साहन गर्ने प्रवृति रोकिनुपर्नेमा जोड दिइन । यस विषयमा समितिले सरकारको ध्यानाकर्षण गर्नुपर्ने उनको सुझाव छ ।

यो पनि पढ्नुहोस वीपी प्रतिष्ठानले निकालेको प्रवेश परीक्षाको सूचना रद्द गर्न सांसदको माग

समिति सभापति जयपुरी घर्तीले नेपाली बिद्यार्थी र बिदेशी विद्यार्थी भनेर मेडिकल कलेजहरुले फरक ब्यवहार गरेको भन्ने विषयमा विस्तृत अध्ययन गरी आफ्नो प्रतिवेदनमा राख्न उपसमितिलाई सुझाएकी छन् ।

सुरेश कुमार राई संयोजक रहेको शिक्षा तथा स्वास्थ्य उपसमितिले मेडिकल कलेजहरुले लिइरहेको शुल्क, नियमित पठनपाठन, मेडिकल काउन्सीलको रिजल्ट लगायतका विषयमा अध्ययन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment