+
+
Shares

स्थानीय तहमा कर्मचारी भर्नाः दरखास्त दिने म्याद थपियो

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ३ गते १५:४९

३ असार, काठमाडौं । स्थानीय तहको लागि लोक सेवा आयोगले खोलेको बिज्ञापनमा दरखास्त दिने म्याद थपिएको छ । दरखास्त दिने अन्तिम म्याद मंगलबारसम्म मात्र थियो । तर, अनलाइन सिस्टममा समस्या आएको कारण धेरैले फारम भर्न पाएका थिएनन् ।

आयोगका सहायक प्रवक्ता देवीप्रसाद सुवेदीकाअनुसार सेवाग्राहीलाई परेको समस्यालाई मध्यनजर गरी १० गतेसम्म म्याद थपिएको छ । दोब्बर दस्तुर तिरेर १७ गतेसम्म दरखास्त दिन सकिने छ जानकारी दिए ।

लोक सेवा आयोगले स्थानीय तहमा ९ हजार १६१ जनाको लागि भर्ना खोलेको छ । तर यो विज्ञापन समावेशी नभएको भन्दै बिरोध भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?